सर्लाही । सर्लाही सदरमुकाम मलङ्वामा कलेज पढ्दै गरेका दुई युवतीमाथि सामुहिक बलात्कार भएको छ । मलङ्वाको एक कलेजमा अध्ययनरत युवतीहरू आफ्नै साथीबाट बालात्कृत भएको प्रहरीले जनाएको छ ।

भदौ ३१ गते युवतीहरू बालात्कृत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बलात्कार आरोपमा दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ । पीडितले असोज ९ गते उजुरी दिएपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको अनिकित ुमार यादव र पर्सा जिल्लाका सुजित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । अर्का एक जना फरार छन् । मलङ्वा–२ मा भाडा लिएर बस्दै आएका युवतीहरूलाई कोठामा भोज खानका लागि बोलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।