इटहरी/ सुनसरीको इटहरी ३ मा सञ्चालन भएको अण्डर १६ तालतलैया बोईज फुटबल प्रतियोगिताको उपाधि पुर्वाञ्चल युनाईटेड सुन्दरहरैँचाले जितेको छ। शनिबार भएको फाईनल खेलमा पुर्वाञ्चल युनाईटेड लर्ड बुद्व फुटबल क्लव झुम्कालाई २–१ गोल अन्तरले जितेको हो।

इटहरी ३स्थित तालतलैया फुटबल मैदानमा भएको फाईनल खेलमा लर्ड बुद्व फुटबल क्लवले खेल शुरु भएको पहिलो मिनेट नबित्दै गोल गरेर खाता खोलेको थियो।

यस्तै खेलको १२औँ मिनेटमा पुर्वाञ्चल युनाईटेडको तर्फबाट दोश्रो गोल गर्दै खेललाई बराबारी मा ल्याएको थियो। यस्तै पुर्वाञ्चल युनाईटेडकै तर्फबाट खेलको ५८औँ मिनेटमा दोश्रो गोल गर्दै युनाईटेडका खेलाडीले जित सुनिश्चित गरेका थिए।

रकि इन्टरनेश्नलद्वारा आयोजित फुटबल प्रतियोगिता यूवालाई लागुऔषधको कुलतबाट बचाउने तथा सचेत गराउने उद्देश्यले सञ्चालित प्रतियोगिताको नारा नै हाम्रो सामुहिक गोल लागुऔषध बिरुद्व बोल थियो।