इटहरी/ सुनसरीको इटहरी १९स्थित ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनका कारण त्यहाँको माहौल गर्माएको छ। स्थानीय निर्वाचनको झल्को आउने निर्वाचन कार्यक्रम शुरु भएपछि माहौल तातिएको हो।

माहौल तातिएकै समयमा निवर्तमान हुन लागेको समुहका लेखा समिति संयोजक एवं अहिलेको निर्वाचन समितिका संयोजक लक्ष्मिनाथ बनले भने पुरानो कार्य समितिमा रहेका मेजर फाईवलाई कसैले भोट नदिन आग्रह गरेका छन्।

अघिल्लो कार्यसमितिका मेजर फाईवमा बस्नेहरुले गर्न सक्ने काम गर्न नसकेको अनि गर्नै नचाहेका कारण अव पनि उनिहरु नै निर्वाचन प्रकृयामा आएको हुँदा उनिहरुलाई भोट नदिन बनले भनेका हुन्। (हेर्नुहोस भिडियो)

अध्यक्ष र उपाध्यक्षमा तीन–तीनजना अरुमा निर्बिरोध
करिव १२ सय घरधुरी रहेको ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष र उपाध्यक्ष पदका लागि तीनतीन जनाको उम्मेद्वारी परेको छ। इटहरी १७ र १९का उपभोक्ता मतदाता रहेको निर्वाचनका लागि अध्यक्ष पदमा अघिल्लो कार्यसमितिको कोषाध्यक्ष समेत रहेका सुरेश बन, यस्तै बुद्ध बम्जन र मनोज तामाङ्गको उम्मेद्वारी परेको छ।

यस्तै उपाध्यक्ष पदका लागि टेक बहादुर बस्नेत, केदार भण्डारी र कमल गुरुङ्गको उम्मेद्वारी परेको छ। निर्वाचन कार्यक्रम अन्तरगत उम्मेद्वारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिसकेको निर्वाचन समितिले जनाएको छ।

यसो त सचिव र कोषाध्यक्षमा भने सर्वसम्मत भईसकेको छ। सचिवमा कोपिला खत्री र कोषाध्यक्षमा रेनुका ढकाल अधिकारी सर्वसम्मत भईसकेका छन्।

कार्यसमिति सदस्यहरुमा पनि ८ जना सर्वसम्मत भएका छन्। जसमा पविमाया बिक, शुसिला खड्का, शुभद्रा अधिकारी, युवराज कटवाल, प्रमिला गिरी, खड्गबहादुर पुरी, आशिष तामाङ्ग, पविमाया कामी सर्वसम्मत भएका छन्। अरु दुईजना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ।

१२ सय घरधुरी, ८ सय प्लस मतदाता
एक हजार दुईसय भन्दा बढि उपभोक्ता रहेको ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहमा आठसय प्लस उपभोक्ताले सदस्यता नविकरण गरेको निर्वाचन समितिले जनाएको छ। सदस्यता नविकरण गर्ने उपभोक्तालाई मात्र भोटिङ्ग राईट्स रहेको निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित भिडियोहरु हेर्नुहोस :