इटहरी/ युवा उद्यमी मञ्च (एनवाईइएफ) सुनसरीले कलेजका बिद्यार्थी बाट बिजनेस आइडिया कलेक्सन गर्ने योजना अगाडी बढाएको छ। इटहरीका ६वटा कलेजका बिद्यार्थीलाई प्रतिष्पर्धा गराएर नयाँ उद्यमशीलताको योजना संकलन गर्ने भएको हो।

शुक्रवार इटहरीको बरण्डा होटेलमा मञ्चले कलेजहरुसँग सम्झौता गरेर कार्यक्रम सुरुवात गरेको हो। ग्रिन पिस लिङ्कन कलेज, कस्तुरी, कोसी, बिश्व आदर्श, सुष्मा गोदाबारी र इटहरी इन्टरनेशनल कलेज सँग सहकार्य भएको छ। सहकार्य पत्रमा ६ वटै कलेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सन् २००३ मा स्थापना भएको मञ्चले व्यापारिक सोचको प्रवर्द्धन गर्दै आएको छ।

मञ्चको उद्देश्यमा रहेको नेशन फस्स अन्तरगत नेपालमै केही गर्नको लागि युवालाई अभिप्रेरित गर्ने योजन अगाडी बढाएको अध्यक्ष चन्द्र देवकोटाले बताएका छन्। उनले केही सिक्दै र आइडिया शेयर गर्दै अगाडी बढ्ने योजना अनुसार काम भईरहेको जानकारी दिएका छन्। कार्यक्रमबारे जानकारी गराउँदै उनले भने, ‘शुरुमा कलेज भित्र समूह बनाएर प्रतिस्पर्धा हुने र समूहबाट उत्कृष्ट हुनेले अन्य कलेजसँग प्रतिस्पर्धा गर्न पाउने छन्। यसरी सर्वोत्कृष्ट आइडिया मन पराउनेले आइडिया खरिद गर्न सक्ने छन्।’ two

सम्झौता पछि बोल्दै कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले मञ्चको कारण बिद्यार्थीलाई नेपालमै केही गरौँ भन्ने भावना बिकाश हुने बिश्वास व्यक्त गरेका छन्। उनले युवाहरूको सपना ठुलो भएको तर संघर्ष र योजना नभएको बताउँदै यस्ता गतिविधिले सपना पुरा गर्न सिकाउने धारणा राखे। सफलता मात्र देख्ने युवाहरुलाई मञ्चले परिश्रम र मेहनत बारे प्रष्ट पार्ने बताउँदै उनले पढेलेखेको भन्दा परिश्रमी युवाको खाँचो भएको बताए।

सुष्मा गोदावारी कलेजका प्राचार्य बोधराज नेपाल मञ्चले कलेजमा गर्न लागेको प्रतिस्पर्धाबाट बिद्यार्थीले उद्यमशीलतामा हुने बित्तीय र कानुनी झन्झट बुझ्ने बताउँछन्। युवालाई नेपालमै स्टार्टअप बिजनेस गर्नको लागि यस्ता कार्यक्रमहरु प्रभावकारी हुने उनको धारणा छ।