रंगेली / प्रहरी निरिक्षक बुद्दिराम चौलागाँईले इलाका प्रहरी कार्यालय रंगेलीमा पहिलो ईन्निङमै बाजी मारेका छन्। गत श्रावण ३२ गते राती सहकारी फोडेर चोर्ने गिरोह नै पक्राउ गरेर पहिलो ईन्निङमै बाजी मारेका हुन्।

प्रहरी निरीक्षक चौलागाँईले रंगेलीको कमाण्ड सम्हालेको एकसाता नबित्दै श्रावण मसान्तको राती सहकारी फोडेर चोरी गर्ने समातेका हुन्। श्रावण मसान्तको राती मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ कुशमाहमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोकामा लगाएको ताला फुटाई चोरी गर्नेहरु पक्राउ परेका हुन्।

चोरीमा संलग्नहरुले सहकारीको स्टिलको दराज तथा टेबलको घर्रामा रहेको नगद ५०हजार, दुईटा ल्यापटप चोरेका थिए।

घटनाको इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातीबाट अनुसन्धान गर्ने क्रममा आईतबार धनपालथान गाउँपालिका १ नोचाका २१बर्षीय पारस मण्डल, धनपालथान ७ कदमाहका २४ बर्षीय रोशन मण्डल र २०बर्षीय बिशाल कुमार सिंहलाई पक्राउ गरेको हो।

चोरीमा संलग्न तीनैजनालाई मोरङ्ग जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चौलागाँईले बताएका छन्।