इटहरी । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति गायक शंकर क्षेत्रीलाई जन्मदिनको शुभकामना दिएकी छन्। तत्कालीन श्रीमान् शंकरले छोरी बोकेको र आफूसहितको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै जेरीले भावुक शब्दमा पूर्वपतिलाई जन्मदिनको शुभकामना दिएकी हुन्।

‘मैले दिन नसकेको माया, साथ र खुसी दिने मान्छेको छिट्टै प्राप्ति होस्’, जेरीले लेखेकी छन्, ‘जन्मदिनको असीम शुभकामना छोरीको बाउ।’नेपाली सांगीतिक क्षेत्रमा उदाहरणीय जोडीका रूपमा परिचित उनीहरूले विवाह गरेको ३ वर्ष पनि नपुग्दै २०७९ कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर सम्बन्ध विच्छेद गरेका थिए। २०७६ माघ १ गते विवाह गरेका उनीहरूकी २ वर्षकी छोरी छन्।