मणिपुरको घटना सेलाउन नपाउदै पश्चिम बंगालमा २ महिलालाई निर्वस्त्र पारिएको भिडिओ भाइरल

  • पूर्वीखबर
  • प्रकाशित मिति: श्रावण ७, २०८०

एजेन्सी । भारतमा एकपछि अर्काे महिलाविरुद्ध क्रूरताका घटना सार्वजनिक भइरहेका छन्।मणिपुरमा यही जुलाई १९ मा दुई महिलालाई नाङ्गै गाउँ डुलाई यौन दुर्व्यवहार गरिएको भिडिओ भाइरल भइरहेका बेला पश्चिम बंगालको माल्दामा पनि यस्तै घटना सार्वजनिक भएको हो।

सामूहिक बलात्कार पीडितले भनिन्- त्यसपछि हामीले ज्यान जोगाउन लुगा फुकाल्यौँ भारतीय पत्रिका दैनिक भास्करका अनुसार त्यहाँ भीडले दुई महिलालाई कुटपिट गर्‍यो, अनि उनीहरूलाई अर्धनग्न पार्‍यो।

त्यसको भिडिओ भाजपाका आईटी सेल प्रमुख अमित मालवियले सामाजिक सञ्जालमा सेयर गरेका छन्। घटना यही जुलाई १९ को हो भने यसको भिडिओ आज (जुलाईं २२ मा) सार्वजनिक भएको हो।

भिडिओमा महिलाकै समूहले दुई महिलालाई घेरेको देखिन्छ। अनि उनीहरूको कपाल तानेर चप्पलले कुटपिट भइरहेको छ। यसपछि उनको लुगा नराम्ररी च्यातिएको छ। हाल यस विषयमा प्रहरीका तर्फबाट आधिकारिक धारणा आएको छैन।

अमित मालवियका अनुसार घटना मालदाको बामंगोला थानाको पाकुआ हाट क्षेत्रमा भएको हो। पीडित दुवै आदिवासी महिला हुन्। मालवियले उनीहरूलाई कुटपिट गरिँदा र लुगा फुकालिँदा पुलिस मूक दर्शक बनेर बसेको आरोप लगाएका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved