इटहरी/ अन्य बिभिन्न पर्व मनाउन रातो लुगा र बिभिन्न किसिमका बत्तिहरु केकसहित तामझामका साथ मनाएको हामी सबैले हेर्ने र देख्ने गरेका नै छौँ, तर आज इटहरीमा अलि फरक दृष्य देखियो। सानासाना बिद्यार्थी लामबद्द भएर पहेँलो बस्त्र लगाएर हातमा जलको घडा लिएर हरहर महादेव भन्दै हिड्दै गरेको देखियो।

नजिकै गएर बुझ्दा इटहरी ९ नयाँ बसपार्कस्थित चिजन्स प्यालेस स्कुलले बैदिक सनातन धर्मको बारेमा बालबालिकालाई ब्यवहारिक ज्ञान दिनका लागि कार्यक्रमको आयोजना गरेको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो। IMG_1187

स्कुलमा अध्ययनरत बिद्यार्थीलाई सोमबार (आज) मन्दिर पुर्‍याईएको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीलाई सिकाईका क्रममा सोमबार इटहरी ८मा रहेको शिव पार्वती मन्दिर पु¥याईएको हो।

श्रावण महिनाको महत्व तथा महिमा बुझाउँदै यो महिनामा किन भगवान शिवको पुजा गरिन्छ ? व्रत बस्नुको धार्मिक तथा बैज्ञानिक कारणहरुको बारेमा जानकारी मन्दिरमा रहेका पुजारीले दिँदा साँच्चै रमाईलो र अनौठो मानि बालबालिकाले सुनिरहेका थिए। IMG_1208

मन एकाग्र गर्न, प्राथना गर्न अनि सत्य र सकारात्मक सोच बालबालिकामा सानैदेखि आओस भनि यस्तो कार्यक्रम गरिएको स्कुलकी कोअर्डिनेटर किरण दास बताउनुहुन्छ।

कक्षा नर्सरी देखि कक्षा ५सम्म सञ्चालनमा रहेको यो स्कुलका बिद्यार्थी मन्दिरबाट फर्किएपछि स्कुलमा हाल हाम्रो स्वास्थ्यलाई असर गर्ने कोक फेन्टा जस्ता पेय पदार्थहरुको सट्टामा बिगतमा घरमै फलेको निवुवा कागतिको अमिलो र चिनि हालेर सर्वत बनाईन्थ्यो र पिईन्थ्यो भन्ने सिकाउन सर्वत बनाएर बिद्यार्थीले पिएका थिए। IMG_1213

स–साना मन्दिर नजाने बालबालिका शिव लिंग तथा महादेवको तस्विर बनाउँदै रंग गरिरहेका थिए भने ठुला कक्षाका बालबालिका मेहन्दी चुरा टिका लगाउँदै रमाईलो गरिरहेको देख्दा साँच्चै हाम्रो धर्मसँस्कृति अनि आस्था बचाउन वा उत्थानको लागि यो स्कुलले गरेको फरक तर साँच्चै प्रशंसायोग्य कार्यको उपस्थित अभिभावकले खुलेर प्रशंसा गरिरहेका थिए। IMG_1226

सम्पुर्ण धर्म जातजाति भाषाभाषिहरुको बारेमा जानकारी गराउने उद्देश्यले मनाईने अन्य धर्म चाडपर्वहरु सँगै आफ्नो वैदिक सनातन धर्म जगेर्ना गर्न र बालबालिकालाई ब्यवहारिक ज्ञान दिन गरिएको यो कार्य धेरै राम्रो लागेर आँफु स्वयं यो कार्यक्रममा सरिक भएको यसै स्कुलमा कक्षा ५मा पढ्ने पिहु चौहानका हजुरवुवा भिमबहादुर चौहानले बताउनुभयो। IMG_1230