इटहरी/ सुनसरीको इटहरी ८ मा रहेको कञ्चनजंगा इङ्गलिस बोडिङ्ग स्कुलले एसईई परिक्षामा उत्कृष्ट रिजल्ट ल्याएर इटहरीको उत्कृष्ट बिद्यालय बनेको छ। स्कुलबाट एसईई उत्तिर्ण बिद्यार्थीका अभिभावकहरुले यस्तो दावी गरेका हुन्।

गत चैत्र महिनामा सञ्चालित एसईई परिक्षामा २१ जना सहभागी भएकोमा ८ जनाले ३ दशमलव ६० जिपिए भन्दा माथी (ए प्लस)ल्याएका छन्। १२ जनाले ३ दशमलव २० जिपिए देखि ३ दशमलव ६० जिपिए सम्म(ए) ल्याएका छन्। एकजनाले ३ जिपिए अर्थात बि प्लस ल्याएका छन्।

यसरी २१ जना परिक्षार्थीमा ८ जनाले एप्लस, १२ जनाले ए र एकजनाले बि प्लस ल्याउनु गर्वको बिषय भएको स्कुलका अभिभावक दिवस पौडेलले पूर्वीखबरसँगको कुराकानीका क्रममा बताएका छन्।

पौडेलले पूर्वीखबरसँग कुराकानी गर्दै समग्र बिद्यार्थीको रिजल्टको आधारमा कञ्चनजंगा स्कुल इटहरीको उत्कृष्ट बिद्यालय बनेको दावी गर्दै सुनसरीकै उत्कृष्ट बनेको हुनसक्ने प्रक्षेपण गरेका छन्।

यसरी एक पछि अर्को बर्ष उत्कृष्ट रिजल्ट ल्याउने स्कुलमा आफ्ना सन्तति अध्यापन गराउन पाएकोमा खुसी ब्यक्त गर्दै पौडेलले राम्रो पढ्न स्कुलमा अध्ययनरत बिद्यार्थीलाई सुझाव दिएका छन्।

hari sir