जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

  • पूर्वीखबर
  • प्रकाशित मिति: चैत्र २७, २०७९

मोरङ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ ।

आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि सरम बोहरा, महेश धामी, सागर आचार्य र भरत खत्रीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धामी घोषित भए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पुलिस क्लब, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार तथा तेस्रो हुने टोलीले रु २५ हजार र ट्रफि प्राप्त गर्ने छन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved