सर्वप्रथम राष्ट्र भनेको के हो त्यो बुझ्नु जरुरी छ। सैद्धान्तिक रुपमा राष्ट्र भन्नाले कुनै निश्चित भू-भाग भित्र बस्ने मानिसहरुको अपनत्वको मनोवैज्ञानिक भाव हो अर्थात मानिसमा रहेको विविधता बीचको साझा पहिचान हो। यो भावना आफ्नोपन अनुभुति मनोबिज्ञान जस्ता अभौतिक कुराहरुसँग सम्बन्धित हुन्छ तर समग्रमा उल्लेखित शिर्षक अनुसार राष्ट्रको अर्थ कुनै मुलुकको एक निश्चित भू-भागसहितको सार्वभौम तथा स्वशासित राजनीतिक एकाई हो। जस अन्तर्गत जनसङख्या सरकार भूगोल र अन्तर्राष्ट्रिय समर्थन भएका कानुनी तथा राजनीतिक एकाईहरु पर्दछन्।
अर्को शब्द छ युवा, युवा भन्नाले सामान्यतया १५देखि ३९वर्ष समुहका मानिसहरुलाई बुझ्ने गरिन्छ तर मेरो विचारमा युवा त्यो हो जोसँग जिज्ञासु भाव अनुसन्धानमूलक चित्र, कर्मशील हात र समय सुहाउँदो तार्किक उत्पादनमुलक सोच विचार हुन्छ जो साहसी छ र कुनैपनि किसिमका डरबाट भाग्ने काम गर्दैन। पश्चिमका प्रख्यात दार्शनिकले भनेका छन्–युवा त्यो हो जो खतरादेखि डराउँदैन।
राष्ट्र निमार्णमा युवा वर्गको सर्वोच्च र महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन । युवासँग त्यो अदम्य साहस हुन्छ जुन तेलले नै बिकासको रेल अघि बढ्दछ । डा.योगी विकासनन्दले भनेका छन् संसारलाई बदल्नु छ त शुरु आफैँबाट गर्नुछ। उसैगरी गर्न सकिन्छ भने राष्ट्रलाई परिवर्तन गर्नुछ त युवाहरु नै परिचालन गर्नुपर्छ। युवाहरुको जीवन्त श्रोत तथा शक्तिलाई अघि ल्याउन सके राष्ट्र समुज्वल र शान्त हुन्छ। युवाले पहाडलाई फोरेर मैदान बनाउन सक्छ। युवाले मरुभूमिमा हरियाली वातावरण छाउन सक्छ र युवाले सगरमाथाको शिरमा पुगेर उत्प्रेरणा जगाउन सक्छ ।
युवाले जोश र जागरका साथ असम्भलाई सम्भव बनाउन मद्दत पुर्याउँछ। युवाको कर्मशील हातले नै राष्ट्रको भविष्य सुनौलो हुन्छ । युवा शक्तिलाई उन्नतशील राष्ट्रको दर्जा दिलाउन सदुपयोग र उत्प्रेरित समाज निर्माणमा युवा सधैँ लागिरहेको हुन्छ ।
हामीलाई थाहै छ व्यक्ति व्यक्ति मिलेर परिवार अनि परिवार परिवार मिलेर समाज र समाज समाज मिलेर राष्ट्रको निर्माण हुन्छ र युवाको त्यो व्यक्तित्वलाई कसरी सबल बनाउन सकिन्छ त्यो बुझ्नु जरुरी छ। हजारौँ माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ भनेझैँ समुन्नत बिकसित राष्ट्रका निम्ति एक एक युवालाई अग्रणी भूमिका प्रदान गर्न आवश्यक छ। अँध्यारोरुपी डरलाई हटाँउदै उज्यालोरुपी साहस प्रदानका निम्ति युवा सधैँ लागिरहेको हुन्छ ।
ढुंङगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति बिश्वमा कहिले हुँदैन विफल भनेझैँ युवा आफूभित्र रहेको जीवन्त तरुणतालाई सकारात्मक तवरले उपयोग गर्न सक्नुपर्छ । राष्ट्र निमार्णका निम्ति राजनीतिक, आर्थिक, प्रशासनिक, प्राविधिक आदि क्षेत्रहरुमा युवाको पहुँचतालाई बढाउनु जरुरी छ ।
“उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक” भनेझैँ हरेक युवाले आफूभित्र रहेको साथै खोज, रुचि, चाहना क्षमता अनि दक्षता अनुसारको लक्ष्य लिन आवश्यक छ । लक्ष्य लिँदा हरेक युवा एक ठाउँमा जम्मा भई राष्ट्रको आवस्था के कस्तो छ त भनेर बिचार विर्मश राख्न आवश्यक छ ।
तर यहाँ त युवाको प्रयोगभन्दा दुरुपयोग बढी छ । जतिबेलै उही युवाको प्रयोग गरेपनि सो अनुसारको लगानी युवा केन्द्रित नहुँदा दैनिक विदेशिने युवाको संख्याले डाँडो कटाईसकेको छ। उनैले विदेशमा कमाएर पठाएको पैसामा रजाइँ छ देशमा तर उनीहरूप्रतिको नीति र कार्यक्रमहरू अहिलेसम्म पनि कमै छ। मतलव, राज्य युवामैत्री अझै बन्न सकेको छैन।
अन्त्यमा, लक्ष्मी प्रसाद देवकोटा जस्तो कविमन, विश्वश्वर प्रसाद कोइराला जस्तो फराकिलो सोच, विकासानन्द जस्तो हाँस्य विनोद र अनुराधा कोइराला जस्तो सेवामूलक भावना भएका युवा नै राष्ट्रलाई अघि बढाई आफ्नो कर्तव्य पूरा गर्दछ ।
तसर्थ संघिय गणतान्त्रीक मुलुकलाई यथास्थितिवादि केहि तत्व र पात्रका कारण सिंगो देश धरासायी र संकृण परिस्थितिबाट बचाउनका लागि युवाको महत्वपुर्ण योगदानको आवश्यकता छ ।
उदाहरणीय महिला नेत्री सन्ना मरिनको ऐतिहासिक जीवनिबाट केहि कुरा सिक्ने हो कि ? समावेशितालाई कतैपनि हस्तक्षेप नगरिकन देशको स्वामित्व र एकाधिकार उतिकै मात्रामा बाँडफाड गरि आगामी निर्वाचनमा आयोगले पाउने तीन करोड जनताका स्वतन्त्रता र आत्मनिर्णय को अधिकारलाई कार्यन्वयन गराउन सक्नुपर्छ ।
(लोकतान्त्रिक समाजबादी पार्टी नेपाल सुनसरीका सचिव रहेका अनुप सुब्बा आदिवासी जनजाति उत्थान मञ्चका अध्यक्ष समेत हुन्– सम्पादक)