सुनसरी/ राजनैतिक बिरोध सभाको क्रममा काठमाण्डौमा बुधबार( माघ २८ गते हिजो) नेकपाका रघुजी पन्तलगायतका नेताहरुले पशुपतिनाथ बिरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि बिश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।

बहुसंख्यक नेपाली जनताको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै भगवान पशुपतिनाथ बिरुद्ध सार्वजनिक रुप मै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको बिज्ञप्तीमा उल्लेख छ।

रघुजी पन्त, झलनाथ खनाल, पुष्पकमल दाहाललगायतले दिएका अभिब्यक्तिले उनीहरु लगायत उनका पार्टी समेतको हिन्दू बिरोधी चरित्र उजागर गरेको भन्दै बिज्ञप्तीमा कथित राजनेताद्वारा सार्वजनिक रुप मै हिन्दू बिरोधी वक्तव्य दिईनुले उनी बिधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको उल्लेख छ। बिज्ञप्तीमा यस्ता धर्म संस्कृति बिरोधी तत्वहरु समग्र राष्ट्र कै लागि घातक रहेको हाम्रो ठहर हो भनिभएको छ।

बिज्ञप्तीमा नेपालमा लगातार हिन्दू समाजमाथि चौतर्फी आक्रमण गरिनु प्रायोजित एवं सुनियोजित रहेको स्पष्ट भएको उल्लेख गर्दै दुषित मानसिकता भएका अपराधी समुहहरु हिन्दू समुदाय बिरुद्ध सक्रिय रहेको तथ्य पछिल्लो घटनाक्रमले स्पष्ट भएको लेखिएको छ।

बिज्ञप्तीमा सरकारले समेत हिन्दू बिरोधी तत्वहरुलाई समय मै नियन्त्रण गर्न नसक्नुले सरकारमाथि समेत प्रश्न चिन्ह खडा भएको उल्लेख छ। बिज्ञप्तीमा अगाढी लेखिएको छ। हिन्दूहरुको धार्मिक आस्थामाथि प्रहार गर्ने जो कोहीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन नेपाल सरकार समक्ष बिश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ ।

बिज्ञप्तीमा नेपालको मौलिक धर्म संस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा हिन्दू समाज संगठित हुनुको बिकल्प नरहेको भन्दै हामी समय मै सावधान भएनौ भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ भनिएको छ।

बिज्ञप्तीमा हाम्रा बीच सक्रिय असामाजिक हिन्दू बिरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्नु सम्पुर्ण सनातन हिन्दू धर्मावलम्बीहरुलाई हार्दिक अपिल गर्दछौं भनिएको छ। raghuji pant-page-001