एजेन्सी / पुरुषहरूलाई जाडोमा यौन सम्पर्क राख्ने चाहना बढी हुन्छ। जाडो याममा दिन छोटो र रात लामो हुन्छ। रात लामो र जाडो हुने भएकाले निद्रा प्यारो लागे पनि चाँडै सुत्दा बीचैमा बिउँझिने हुन्छ। त्यसमाथि जाडोका कारण गुँडुल्किएर बस्ने अर्थात् एकापसमा आलिंगन गरेर सुत्ने हुँदा यौ न कार्यमा लाग्ने सम्भावना बढी हुन्छ। चिसो मौसममा न्यानो र कसैको सामीप्य चाहने इच्छा बढी हुन्छ। त्यसैको परिणाम मन मिल्ने पार्टनर भेटियो वा उपयुक्त वातावरण बन्यो भने चिसो भगाउने राम्रो उपाय भनेको यौन गतिविधि हुन सक्छ। त्यसैले पनि होला डेटिङ ब्लगका संस्थापक डिमिट्रियस फिग्वेरोयाले ‘जाडो भगाउने सबैभन्दा सरल उपाय सहवास नै हो’ भनेका छन्।

बु्रकलिन, न्युयोर्कका मनोविज्ञ मारिस कोहेनका अनुसार गर्मी यामभन्दा जाडोमा मानिसहरू सामाजिक कामकाज एवं घुलमिलबाट टाढा रहन चाहन्छन्। एक्लो वा सामाजिक रूपमा अलग्गिएर बस्दा भौतिक रूपमा बढी चिसो भएको अनुभूति हुन्छ। यस्तो परिस्थितिमा घरभित्र शारीरिक ऊर्जा पाउने भनेको यौ नकर्मबाट हो। अनुसन्धानकर्ताहरूका अनुसार डिसेम्बरमा (मंसिर/पुसतिर) पुरुषमा टेस्टोस्टेरोन हर्मोनको मात्रा बढी हुने गरेको पाइएको छ। सम्भवतः मौसम एवं निद्रामा आएको परिवर्तनले गर्दा उक्त हर्मोनको मात्रा बढेको आँकलन गरिएको छ। पुरुषमा यौन चाहना बढाउने टेस्टोस्टेरोन हर्मोन नै हो।

सेरोटोनिन खुशी बढाउने न्युरोट्रान्समिटर (एकखाले स्नायु संवेनदशील तत्त्व) हो। यथेष्ट सूर्यको प्रकाशको अभावमा मानव शरीरमा सेरोटोनिनको मात्रा घट्न गई डिप्रेस्ड हुने र एक्लो महसुस हुने हुन्छ। यही कारणले पनि होला, अन्य बेलाभन्दा जाडो याममा व्यक्तिले पार्टनरको सामीप्य बढी चाहने हुन्छ। रमाइलो र खुशी पार्ने हर्मोन उत्पादन गर्ने कार्य भनेको यौन सम्पर्कका कारण प्राप्त हुने चरमसुख (अग्र्याजम) नै हो। त्यसैले जाडोमा खुशी र आनन्दित हुन नियमित सम्पर्क आवश्यक हुन्छ।

युरोप, अमेरिकातिर त डिसेम्बर बिदा हुने, मान्छेहरूले फुर्सद पाउने समय हो। त्यसैले पनि पार्टी, जमघटका कार्यक्रम बढी हुने गर्छन्। नेपालमा पनि बिहे, भोजभतेर, पिकनिक आदि जाडो मौसममा बढी हुन्छन्। यस्तो सामाजिक जमघटले एकातिर एकान्तपन हट्छ भने अर्कातिर चिन्ता, डिप्रेसन पनि घट्ने गर्छ। साथै, जमघटका बेलाको खानपान तथा मद्यपानले पनि सम्बन्ध राख्ने कार्यलाई बढावा दिन्छ। त्यसमाथि विवाह आदि कार्यमा सहभागी भएर फर्केका दम्पतीलाई आफूमा पनि एकपटक फेरि जवानी फिरेको महसुस हुँदो हो। जसले गर्दा अलि सुस्ताइसकेको सम्बन्ध जुर्मुराउन थाल्छ।

पुरुषको दाँजोमा महिलाले आफ्नो जीउ अलि तातो महसुस गर्दा रहेछन्। सम्पर्कपछि निश्चित रूपमा दुवै पार्टनरको शारीरिक तापक्रम बढ्ने गर्छ। गर्मीमा पसिना, पसिनाको गन्ध, च्यापच्यापी लाग्ने जीउका कारण धेरैले चाहेर पनि न कार्यपछि टाँसिएर बस्न रुचाउँदैनन्। तर, जाडो मौसम त्यो हिसाबले सहज हुन्छ। यस मौसममा कार्यपछि पनि निकै समयसम्म आलिंगनमा बसिरहन जोडी रुचाउँछन्। कार्यपछि विशेषतः पुरुष पार्टनरले गर्ने गल्ती भनेको आफ्नो यौ नेच्छा पूरा हुनासाथ भित्तातिर मुन्टो फर्काएर सुत्ने गर्छ। तर, जाडो याममा यौन सम्पर्कपछि पनि टाँसिएर बस्ने हुँदा दाम्पत्य सम्बन्ध सुमधुर बन्न यसले सघाउँछ।

जाडोमा पर्याप्त घाम भएन भने भिटामिन डीको कमी हुने सम्भावना हुन्छ। तर, यौन कार्य र अक्सिटोसिन एवं इन्डोर्फिन हर्मोनको उत्पादन बढ्ने कारण सामीप्य बढाउन, दुखाइ हटाउन सघाउ पुग्छ।

गर्मी मौसममा महिला तथा किशोरी आफूलाई सहज हुने खुला लुगा लगाउन रुचाउँछन्। तर, जाडोमा बाक्लो लुगा लगाउनुपर्छ। जीउको अधिकांश भाग छोपेर हिँड्नुपर्ने हुन्छ। मानिसको चाहना एवं मनस्थिति पनि कस्तो छ भने जे छैन त्यसैकै इच्छा बढी हुन्छ। अर्थात्, जाडो मौसममा महिला वा किशोरीले जीउ छोपेर लुगा लगाउँदा पुरुषहरूमा तिनीहरूको शरीर अलिकति हेर्न पाए हुन्थ्यो भन्ने लोभ बढ्छ।

सन् २००८ मा पोल्यान्डमा गरिएको एक अध्ययनबाट यही खुलासा भएको छ। पहिरनकै सवालमा जाडोकै कारणले यदि किशोरी वा महिलाले सुत्ने बेलामा लामो खाले मोजा वा स्टकिङ लगाउने गरेका छन् भने यसले यौनिक आकर्षण बढाउने रहेछ। नेदरल्यान्ड्समा गरिएको एक अध्ययनअनुसार महिला वा किशोरी आफैं पनि खाली खुट्टाभन्दा स्टकिङ लगाई गरिएको यौ’न गतिविधिमा बढी सन्तुष्टि पाउने गरेका रहेछन्।

खाली खुट्टामा ५० प्रतिशतले यौ न सन्तुष्टि पाउने गरेकोमा स्टकिङ लगाएकामध्ये ८० प्रतिशतले यौ न सन्तुष्टि पाउने गरेको अध्ययनमा खुलेको थियो। र, अमेरिकाको विल्किस युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार जाडो याममा नियमित सम्पर्क राख्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्छ। यसले मानिसलाई निरोगी राख्न र खुशी राख्न मद्दत गर्ने गरेको पाइयो।