केराबारी/ मोरङ्गको केराबारीमा जारी ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको अन्तिम दिन आज गायक सुगम पोख्रेलको प्रस्तुती रहने भएको छ। सोमबार (आज) साँझ हुने कार्यक्रममा गायक पोख्रेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका हुन्।

पोख्रेलले ‘फेरी त्यो दिन सम्झन चाहन्न’, ‘मेरो एउटा साथी छ’, ‘मायाको बाटो हिँडेको बेला’ ‘सम्झनामा नआउ तिमी’ जस्ता चर्चित गित छन्। यसअघि आईतबार राती चर्चित गायक प्रमोद खरेलले आफ्ना बिभिन्न सांगितिक प्रस्तुतीमार्फत केराबारीबासीलाई मन्त्रमुग्ध पारेका थिए। IMG_6395 IMG_6412 IMG_6377

नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण बर्ष २०२०लाई लक्षित गर्दै गत मंगलबार शुरु भएको मच्छिन्द्रनाथ मेला आज सोमबार समापन हुँदैछ। मेलामा केराबारी क्षेत्रमा उत्पादित सामाग्रीहरुको बिक्री, प्रदर्शन एवं प्रवर्धनका अतिरिक्त लोप हुन लागेका बिभिन्न संस्कृतिहरुको जगेर्ना गरिने प्रयत्न गरिएको छ।

बिभिन्न आदिवासी जनजातीको वाहुल्यता रहेको केराबारीमा जनजातीहरुको पहिचान बचाईराख्न र संस्कृतिहरुको प्रवर्धन गर्न मेलालाई यो बर्ष पनि निरन्तरता दिईएको मेला ब्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर लिम्बुको भनाई छ। केराबारी ८ स्थित मच्छिन्द्र खेल मैदानमा आज सम्पन्न हुने मेलामा ८० भन्दा बढी स्टलहरु रहेका छन्।