इटहरी / सुनसरीको इटहरीमा प्रदेश स्तरीय खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको छ। पहल नामक संस्थाको आयोजनामा २१ गते शनिबार प्रदेशसभा सदस्य निलम बस्नेतको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता सम्पन्न भएको हो।

"रचौँ भन्दा रचिदैनन् मिठा मिठा गजलहरु, भनौ भने सुन्दीदैनन् मिठा मिठा गजलहरु" भन्ने मुल नाराका साथ इटहरीको ओसियन पार्कमा भएको सो प्रतियोगितामा सुमन रेग्मीले प्रथम स्थान हासिन गर्नुभयो।

त्यस्तै गणेश खतिवडा दोस्रो, पुस्तिका भण्डारी तेस्रो तथा कुमार प्रधानले सान्त्वना स्थान हासिल गर्दै क्रमश: नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार नगद तथा प्रमाण पत्र प्राप्त गर्नुभयो। सो प्रतियोगितामा प्रदेश एकका १७ जना प्रतिस्पर्धिको सहभागिता रहेको थियो।

nepal शिक्षा, स्वास्थ्य तथा स्वरोजगारको क्षेत्रमा क्रियाशिल सो संस्थाले समाजमा लुकेर रहेको प्रतिभा प्रस्पुटन गराउने र साहित्यको माध्यमबाट सामाजिक रुपान्तरणमा सहयोग पुर्‍याउने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको पहलका अध्यक्ष बिबेक अधिकारीले बताउनुभयो।

त्यसैगरि प्रमुख अतिथि बस्नेतले पहललाई शुभकामना दिनु हुदैँ इटहरीमा प्रदेश सरकारले अन्तराष्ट्रिय स्तरको सभाहल निमार्ण गर्न लागेको बताउनुभयो। यस्तै बिशेष अतिथि मनु मञ्जिलले गजलले जीवन र गजतको यथार्थलाई प्रस्तुत गर्ने बताउदैँ साहित्यका माध्यमबाट राष्ट्रलाई सिंगार सकिने र त्यसका लागि युवा जागरुक हुनुपर्ने बताउनुभयो।

सो अवसरमा ओसियन पार्कमा प्रवेश नि:शुल्क गरिएको थियो।