काठमाण्डौ / काठमाण्डौमा एक युवतीले आफ्नो प्रेमीको लिंग छेदन गरिदिएकी छन्। काठमाण्डौ महानगरपालिका–६, महाँकाल डेरा गरी बस्ने १९ वर्षीया युवतीले आफ्नो प्रेमी मकवानपुरको हेटौडा घर भई हाल बौद्ध बस्ने २१ वर्षीय युवकको लिंग काटेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार ती युवकको ओम अस्पतालमा उपचार भइरहेको छ। उनीहरू दुवैजना हायात होटलमा काम गर्दै आएका थिए।

युवकले आफ्नो र प्रेमिकाको धर्म फरक भएकाले विवाहका लागि परिवारले अस्वीकार गर्ने भन्दै छुट्टिन आग्रह गरेपछि आक्रोशमा युवतीले लिंग काटिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सोमबार युवतीले युवकलाई अन्तिम पल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिंग काटिदिएको प्रहरीले जानकारी दिएको छ। ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।