शुक्रबार २० असोज २०७४ धरान धिरेन लिम्बु –
स्थानीय निकायको दोश्रो चरणको निर्बाचनमा धनकुटा जिल्ला खाल्साछिन्ताङ शहिदभुमि गाउँपालिका वडा नम्वर १बाट वडाध्यक्षमा निर्बाचित युवा जन प्रतिनिधी हुन अशोक राई। उनी धनकुटा जल्लाकै एक्ला काँगे्रस प्रतिनिधी हुन। धनकुटामा खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिका वडा नम्वर १ बाहेक सबै क्षेत्रमा नेकपा एमालेले जितेको छ।

धनकुटा जिल्ला कम्युनिष्टहरुको उवर्रभुमीको रुपमा परिचित छ नै त्यसमाथि खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिकालाई त अझ कम्युनिस्टहरुको लालकिल्लाको रुपमा लिइन्थ्यो। के अब धनकुटे जनताले कम्युनिष्टकोे बिकल्प खोज्न थालेका हुन त ? या सहि उम्मेद्धारको छनौट नै जित हो त ? यि र यस्तै प्रसंगमा पूर्वी खबरकर्मी धिरेन लिम्बुले तिनै जनप्रतिनिधी राईसँग गरेको कुराकानीको अंश :

-अध्यक्ष ज्यू नमस्कार
नमस्कार, नमस्कार ।

-हिजो आज के मा ब्यस्त हुनुहुन्छ ?
भर्खरै दशैँ सकिएको छ। यो चाडबाडको बीचमा अन्य दिनहरु झै प्रशासनिक काम तिरै ब्यस्त होइन्छ, खासै त्यस्तो काम हुदैन तर छैठपछि भने योजना अनुसारका कार्यहरु हुन्छन्।

-योजना अनुसारका कार्यहरु चै के के हुन नि ?
योजना अनुसारका कार्यहरु भन्नाले यहाँको भौतिक बिकास, मानबिय क्षमताको बिकास, पर्यटकीय क्षेत्रहरुको बिकास आदि छन्।

-कम्युनिष्टहरुका बीचमा एक्लो काँगे्रस, काम गर्न गाह्रो भएको छैन ?
छैन, प्राय सबैजना सहयोगी नै हुनुहुन्छ। कहिले काँहि चै अल्पमतमा परेर आफ्नो एजेन्डा पास हुदैन त्यो समयमा चाँही असाध्यै दुःख लाग्छ।

-कम्युनिष्टहरुका बीचमा काँगे्रसको तर्फबाट उम्मेद्धार भएर कसरी निर्वाचित हुनुभयो ?
मैले सुने सुनेअनुसार पहिले पहिले हाम्रो क्षेत्रमा काँग्रेस थिएन रे, २०५४ साल तिर दुर्गालाल मझियाले आफु काँग्रेस बनेर हाम्रो क्षेत्रमा काँग्रेस भित्य्राएका थिए। त्यसपश्चात अलि अलि काँग्रेस हाम्रो क्षेत्रमा बढ्दै गयो। सुरुमा त मलाइ साह्रै तनाब हुन्थ्यो कम्युनिष्टहरुका बीचमा काँगे्रसको तर्फबाट उम्मेद्धार बन्दैछु। तर मलाई आफैमा भने आत्मबिश्वास थियो। मैले मेरा वडाबासीलाई मेरो एजेन्डा राखे। अन्य दलले प्रस्तुत गरेका एजेन्डाहरु भन्दा मेरो एजेन्डा सायद राम्रो पक्कै थियो होला र त्यो एजेन्डाहरु उहाँहरुलाई मन प¥यो त्यसैले आज म कम्युनिस्टहरुका बीचमा काँगे्रसको तर्फबाट बिजयी बने।

-के अब धनकुटे जनताले कम्युनिष्टकोे बिकल्प खोज्न थालेका हुन त ?
निकै गम्भिर प्रश्न पो गर्नुभयो। ठ्याकै यसै भन्न चै सक्दिन तर गलत हो जस्तो पनि लाग्दैन। पहिला पहिला जस्तो कम्युनिष्ट चै पक्कै छैन। र अर्को कुरा जित्नलाई कर्मठ र बिश्वासिलो उम्मेद्धार हुनुपर्ने पक्षमा पनि म बिश्वास राख्छु।

-तपाईले आफ्नो घोषणा पत्रमा उल्लेख गर्नुभएको कार्यहरु गर्नुभयो त ?
गाउँसभा भर्खर मात्र सकिएको छ। तिहार पछि कामहरु धमाधम सुरु हुन्छ र त्यो कामहरु गर्दा घोषणा अनुसार नै हुन्छ। मैले मेरो घोषणा पत्रमा पनि भनेको छु कि पुङठुङ झरनालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य अनुरुप त्यस क्षेत्रमा बाटो पु¥याउन १३ लाख रुपैया बजेट बिनियोजन भईसकेको छ। अब तिहारपछि काम सुरु हुन्छ। यसरी नै पर्यटकीय क्षेत्र फ्याल ढंगा गुफा,एवं त्रिबेणी दोभान लाई पनि बजेट छुट्टिएको छ र घोषणा पत्रमा उल्लेख भए अनुसारका कार्यहरु क्रमैसँग प्राथमिकताको आधारमा हँुदै जान्छ।

-वडाध्यक्ष भएपछि के के सम्झन लायक कामहरु गर्नुभयो ?
गाउँमा शहरझै सहज काम गर्न गाह्रो छ। ठुला ठुला कामहरु नभएता पनि प्रशासनिक कामहरु छिटो छरितो ढंगले गराउदैछु। वडाबासीलाई गाउँमै सिंहदरवारको अनुभुती गराउने मेरो पहिलो प्रयास छ। वडा बासीलाई घरमै गएर सामाजिक भत्ता प्रदान गरेको छु र सम्झन लायक कामहरु अब चै हुनेछ।

-दक्ष जनशक्ति उत्पादन गर्ने भन्नुभएको थियो नि।
हो, जनशक्ति उत्पादन गरेर वडालाई नमुना वडा बनाउने मेरो लक्ष्य छ। यसका लागि आदिबासी जनजाती महासंघबाट १ लाख ८५ हजार रुपैया र धनकुटा घरेलुबाट ७० हजार रुपैयाको काठ तथा बाँसको जराहरुको हस्तकलाको सम्झौता भएको छ र सो काम तिहारपछि सञ्चालन हुदैछ।

-तपाँइको भाबि योजनाहरु के के छन ?
खाल्सा छिन्ताङ शहिद भुमि गाउँपालिका वडा नम्वर १ लाइ यस क्षेत्रकै नमुना वार्ड बनाउन ७० लाखको बजेट प्राप्त भएको छ र सो बजेटको सदुपयोग गर्दै योजना अनुरुप कामहरु गर्नेछु। सिप बिकासको लागी अदुवा खेति तथा अदुवाको सुठो बनाउने तालिम यहि कात्तिक भित्र हुदैछ।

-अन्त्यमा तपाँइलाई तिहार तथा छैठ पर्वको अग्रिम शुभकामना।
तपाँइलगायत सम्पूर्ण पूर्वी खबर टिम तथा स्वदेश तथा बिदेशमा रहेर पूर्वी खबरलाई माया गर्ने पाठकहरुलाई पनि तिहार तथा छैठ पर्वको अग्रिम शुभकामना।