करिव १बर्ष अघिसम्म नेपाली म्युजिक भिडियोमा एकछत्र राज गरेका कलाकार पल शाह यत्ति बेला चलचित्र जोनी जेन्टलमेनको प्रचार प्रसारका क्रममा देश दौडाहामा छन। ४ सय वटा जत्ति म्युजिक भिडियो अभिनय गरेका पलको जोडी प्रकृति श्रेष्ठसँग निक्कै जमेको थियो।

एकाएक प्रकृति अभिनयबाट टाडिएपछि अहिले पलको जोडी आँचल शर्मासँग जमिरहेको छ। दुईसयवटा भन्दा बढि हिट म्युजिक भिडियोमा अभिनय गरेका पलले तीनवटा चलचित्रमा अभिनय गरिसकेका छन।

नाई नभन्नु ल ४, म यस्तो गित गाउँछु अनि जोनी जेन्टलमेन चलचित्रमा अभिनय गरेका नायक पलसँग गरिएको रमाईलो कुराकानी,

१) तपाँईले अभिनय गरेका प्राय : म्युजिक भिडियो हिट भए चलचित्रपनि हिट भए जादु के छ?
हाहाहा…………..जादु हैन मलाई दर्शकले माया गरिदिनुभएको हो। मेरो अभिनय मनपराईदिनु भएको मात्र हो।

२)पलसँग किशोर किशोरी झुम्मिन खोज्छन तर पलले बाल दिँदैन भन्छन नी ?
तेस्तो हैन म सबैसँग सकेसम्म समय दिन्छु उहाँहरुसँग तस्विर लिन्छु,कुरा गर्न चाहनेहरुसँग कुरापनि गर्छु। सबैलाई समय दिन्छु नि।

३) तपाँई अभिनित पहिलो म्युजिक भिडियो कुन हो ?
मैले श्याम सामसुङ राईको तिम्रो यादमा रम्छु बोलको गितमा अभिनय गरेको थिएँ। तर त्यो म्युजिक भिडियो असफल रह्यो।

४) त्यसपछि तपाँई अभिनित गित कुन थियो ?
त्यसपछि सुनिल गिरीको को होला मसँग आँखा जुधाउने, अनि हनि बनी थियो।

५) पल शाह एकदम घमण्डी छ रे हो ?
त्यस्तो हुँदै हैन म सबैसँग बोल्छु, रमाईलो गर्छु, तस्विर लिनेहरुसँग तस्विर लिन्छु भिडभाड भयो भनेर बडिगार्ड लिएर हिड्दिन। कसैलाई मेरो कारणले हर्ट भएको छ भने म माफी माग्छु।

६) आँचल त तपाँईको गलफेण्ड हो रे नी ?
हाहाहा……………………..हैन केहि समय अगि प्रकृती श्रेष्ठलाई मेरो गलफेण्ड भन्थे, अहिले आँचलको साथमा म्युजिक भिडियो र चलचित्रसँगै खेलेकोले गर्दा होला यस्तो भनेको तर हाम्रो केमेष्ट्री मिलेर पनि दर्शक शुभचिन्तकले यस्तो भन्नुभएको होला।