काठमाण्डौ/ नेकपा एमाले सचिवालय बैठक बस्दैछ। बैठक बिहान ११ बजे हनुमानथान स्थित होटेल बसेरामा बस्न लागेको हो। 

आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। 

baithakअसार २६गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बस्न लागेको हो।  

यसअघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो। नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ।