काठमाण्डौ/ उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले रोजगार र स्वरोजगार प्रवर्धनमा घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ। बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले यसो भन्नुभएको हो।

अर्थमन्त्री पौडेलले देश भित्रै रोजगारी सिर्जनाको लागि घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले त्यस्ता उद्योगलाई प्रवर्धन गर्ने सरकारको नीति रहेको बताउनुभयो । 

one 1 1

सरकारको ध्यान सबैलाई उत्साहका साथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्नमा केन्द्रित रहेको उहाँले प्रष्ट पार्नुभयो। नागरीकको बिश्वासको जरामा पानी हाल्ने काम सरकारको भएको उहाँले बताउनुभयो। 

घरेलु तथा साना उद्योग देशमा अझै विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पौडेलले बताउनुभयो। ‘यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो, त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छ’, उहाँले भन्नुभयो। 

घरेलु तथा साना उद्योग प्रवर्धनको लागि त्यससँग सम्बन्धित कानुन बनाउन र सुधार गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो। घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।