काठमाण्डौ/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न लागेको बताउनुभएको छ । 

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले सोही अनुसारको कानन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा समझदारी भएको जानकारी दिनुभएको छ। 

पोखरेलले संविधान संशोधनको प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने उल्लेख गर्दै ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा समझदारी, यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, लेख्नुभएको छ।