इटहरी / इटहरी साहित्यिक समुह संस्थापक  अध्यक्ष  स्व. धरणिधर दाहालको ९७ औँ जन्मजयन्तिमा दुईजनालाई नगदसहित दुई जनालाई सम्मान गर्ने भएको छ । 

बिहीबार इटहरीस्थित रोजमेरी होटलमा पत्रकार सम्मेलन गरी इटहरी साहित्यिक समूहको आयोजनामा र धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सह आयोजनामा साहित्य क्षेत्रमा योगदान पुर्याउने पाल्पामा जन्मेका हाल सानेपा ललितपुरमा स्थायी बसोबास गर्ने प्रा डा. चुडामणी बन्धु र भोजपुरको दिल्पामा जन्मेका भएका बरिष्ठ गायक, संगितकार, साहित्यकार बुलु मुकारुङ्गलाई सम्मान गरिएको भएको छ ।

यहीँ फाल्गुण ५ गते शनिवार इटहरी मेट्रिक्स रेडक्रस चोकमा पुरस्कार र सम्मान सहित विविध कार्यक्रम हुने समुहका अध्यक्ष हेमन्त गौतमले बताए ।

२०२९ साल देखि हालसम्म ५० भन्दा बढी पदक, पुरस्कार र सम्मान प्राप्त गरीसकेका भएका प्रा. डा. बन्धु सन् (१९९५ साल मा जन्मनु भई नेपाली भाषा विज्ञानमा एम ए पिएचडी सम्म शिक्षा प्राप्त गरिसकेका समुहका सचिव जगदीश सापकोटाले जानकारी दिए ।

गत वर्ष पनि साहित्यको विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार लीलबहादुर क्षत्री र निसाहाय बालबालिका सेवा आश्रम इटहरीकी संस्थापक सुश्री गीता गौतमलाई नगदसहित सम्मान गरेको समुहका संयोजक ज्ञानेन्द्र दाहालले बताए ।

वर्तमान कार्य समितिले सदस्य सकुन्तला मञ्जरीद्वारा लिखित कविता संग्रह "सतिढुङ्गा" इटहरी साहित्यिक समूहले प्रकाशित गरी २०७८ साल पुष १२ गते अग्रज वरिष्ट साहित्यकार ऋषिराज लुम्सालीद्वारा भोजपुरको षडानन्द नगरपालिका-६ दिङ्लामा विमोचन समेत गरेको थियोे ।