इटहरी/ पौडेल युवा समाज इटहरीले पौडेल परिवारका बिभिन्न ब्यक्तित्वलाई सम्मान गरेको छ। समाजले गरेको बनभोज कार्यक्रममा शनिबार उहाँहरु सम्मानित हुनुभएको हो।
समाजले भारी मतका साथ इटहरी उप–महानगरपालिकामा निर्वाचित मेयर हेमकर्ण पौडेल र उद्योग बाणिज्य संघ कोसी प्रदेशका उपाध्यक्ष भिम बहादुर पौडेललाई बिशेष सम्मानबाट सम्मानित गरेको हो।
यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशका सचिव लक्ष्मिप्रसाद पौडेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोसी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, शसस्त्र प्रहरी बल बराह बाहिनीका प्रहरी नायव उपरीक्षक मात्रिका पौडेल र नेपाल रेडक्रस सोसाईटी इटहरीका पूर्व अध्यक्ष बिमल पौडेललाई सम्मान गरिएको हो।
यस्तै ७०बर्ष नाघेका डेढ दर्जन बुवाआमालाई दीर्घ जीवनको कामना गर्दै सम्मान गरिएको छ।
सम्मान कार्यक्रम ९१ बर्षीय बुवा सूर्यप्रसाद पौडेलले मेयर पौडेललाई सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभयो। यसैगरी अन्यलाई कार्यक्रममा उपस्थित अग्रजहरुले सम्मान गर्नुभयो। यसैगरी जेष्ठ बुवाआमालाई नगर प्रमुख पौडेलले सम्मान गर्नुभएको थियो।
इटहरीमा बसोबास गर्ने पौडेल बन्धुहरुको शनिबार इटहरी १९स्थित भवानीपुर सामुदायीक बन उपभोक्ता समितिको कार्यालयसँगै बन क्षेत्रमा बनभोज कार्यक्रम भएको थियो।