इटहरी/ पौडेल यूवा समुह इटहरीले आर्थिक रुपमा बिपन्न पौडेल परिवारलाई आर्थिक सहयोग गरेको छ। इटहरी १०मा बसोबास गर्ने स्व.लक्ष्मण पौडेलको परिवारलाई आईतबार आर्थिक सहयोग गरेको हो।

हालै संगठित भएका इटहरीमा बसोबास गर्ने यूवाहरुले सामाजिक रुपमा बन्धुबान्धवलाई अफ्ठेरो पर्दा सहयोग गर्नुपर्छ भनेर स्वतस्फुर्त रुपमा ब्यक्तिगत रुपमा रकम संकलन गरेर हस्तान्तरण गरेका हुन्।

युवा समुहका शोभित पौडेल लगायतका युवाहरुले संकलन गरेको २४ हजार ५ रुपैया मृतकका माईला दाजुमार्फत छोरा पुष्प पौडेललाई पौडेल बंश उत्थान प्रतिष्ठान इटहरीका अध्यक्ष बेणुप्रसाद पौडेल र युवा समुहका शोभित पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो।

mritak pariwar

आईतबार मृतकको सातौ पुण्य तिथि पारेर इटहरी १०स्थित घरैसम्म पुगेर समवेदनाका साथै आर्थिक सहयोग गरिएको हो। समवेदना का साथै आर्थिक सहयोग गर्न पौडेल बंश प्रतिष्ठानका अध्यक्ष बेणु पौडेल उपाध्यक्ष उद्दव पौडेल सचिव ज्ञानबहादुर पौडेल सहसचिव त्रिलोचन पौडेल कार्यसमिति सदस्यहरु डिल्लि पौडेल, याम बहादुर पौडेल, सबिन पौडेल, ज्ञानेन्द्र पौडेल,गोविन्द पौडेल. बाला पौडेललगायतको उपस्थिती थियो।