इटहरी डेस्क । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ टोली आज (शनिबार) पाँचथर पुग्दैछ । गए राति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार शनिबार पाँचथरमा आमसभा आयोजना गरिएको छ ।

मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ । यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्रा गरेको पार्टीले जनाएको छ । एमालेले यात्राका क्रममा मध्यपहाडका विविध समस्या पहिचान गरी लाखौं जनतासँग साक्षात्कार गरेको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।