इटहरी/ नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। बसन्तपुरमा १५ हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको हो।

एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीले बसन्तपुरमा १५ हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको बताउनुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी, मोरङ्ग, तेहथुम, धनकुटा र संखुवासभाबाट सहभागिता रहनेछ । सुनसरी र मोरङ्गबाट मात्र ६० वटा बस, ६०वटा कार जीप र तीन सय बढि मोटरसाइकल सहभागि हुने नेता तिवारीले बताउनुभयो । आजैदेखि सहभागिहरु बसन्तपुर जान थालेका छन्। भोली दिउसो साढे १२  बजे बसन्तपुरमा सभा शुरु हुनेछ।pic 1

बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिम्वू सँस्कृति अनुसार स्वागत गरिने छ। बसन्तपुर बजारमा हुने आमसभामा ५ सय १ जना स्वयंसेवक खटिने छन। 

सभाअघि बिभिन्न जातजाती भाषभाषीको झाँकी सहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहनुभएका नेता तिवारीले जानकारी दिनुभयो। 

pic 2

आमसभाअघि चोलुङ्गपार्क र त्यहाँस्थित ऐतिहाँसिक संग्राहलय नीरिक्षणको कार्यक्रम छ। बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो। लोकमार्गमा रहेका १० शहरमा सञ्चालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि सञ्चालित छ।

बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो।