काठमाडाै । अनलाइन जुवा सट्टेबाज वानएक्सबेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित ११ जनालाई नै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएका हुन्। यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन्।