प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ८४ अर्ब ८८ करोड जरिवाना

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ ८, २०८०

काठमाडौं । आयरल्याण्डको ‘डेटा प्रोटेक्सन कमिसन’ ले फेसबुकलाई ६४ करोड ८० लाख डलर ( ८४ अर्ब ८८ करोड ८० लाख रुपैयाँ) बढी जरिवाना तिराउने भएको छ ।युरोपेली संघ (ईयू) को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’ विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिवाना तोकेको द गार्डियनले उल्लेख गरेको छ । कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ । 

यो जरिवानाले जीडीपीआरको उल्लंघनको जरिबानामा नयाँ रेकर्ड राख्नेछ । यसअघि २०२१ मा लक्जमबर्गले एमेजनलाई ६४८ मिलियन डलरको जरिवाना तिराएको थियो ।आयरल्याण्डको उक्त कमिसन ‘ईयू’ भर फेसबुक र यसको ‘प्यारेन्ट कम्पनी’ मेटाको लागि प्रमुख गोपनीयता नियामक संस्था हो । कमिसनले युरोपेली प्रयोगकर्ताहरूको डेटा अमेरिका ‘ट्रान्सफर’ गर्न रोक्ने अपेक्षा पनि गरिएको छ ।

 यद्यपि, यो निर्णय तत्काल लागू हुने सम्भावना कम छ । मेटालाई निर्णयको पालना गर्न केही समय दिइने अपेक्षा गरिएको छ । जसकारण निर्णयको लागू हुने समय शरद ऋतुसम्म धकेलिन सक्छ । त्यस्तै, कम्पनीले यस निर्णयविरुद्ध अपिल गर्ने अपेक्षा पनि गरिएको छ ।फेसबुकलगायत अनलाइन सर्भिसहरुले ‘स्ट्यान्डर्ड कन्ट्र्याक्चुअ क्लजेज (एससीसी)’ को आधारमा डेटा ‘ट्रान्सफर’ गर्दै आएका छन् । 

२०२० मा मेटाका नीति विभाग प्रमुख निक क्लेगले ‘डेटा ट्रान्सफर’ रोक्नुपर्ने अवस्था आएमा यसको असर एससीसीमा आधारित रहेका धेरै ठूला व्यवसायहरुमा पर्ने बताएका थिए ।मेटाले एससीसी वा अन्य कुनै ‘डेटा ट्रान्सफर’को संयन्त्र बिना कम्पनीले ईयूमा फेसबुक र इन्स्टाग्रामलगायतका केही महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन नसक्ने आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको थियो । एजेन्सी


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved