इटहरी/ सुनसरीको इटहरीमा बुधबार हुम्लाकी तारा गजल संग्रह बिमोचन गरिएको छ। हलेशी महादेव मिडिया प्रालीको आयोजनामा हुलाकी तारा भट्टराइद्वारा लिखित गजल संग्रह हुम्लाकी तारा बिमोचन गरिएको हो।

जनता कलेजकि प्राध्यापक तथा वरिष्ठ कवियत्री एवम गजलकार टिका पौडेल आत्रेयको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रममा इटहरीका बिशिस्ट ब्याक्तीत्व , साहित्यकार , गजलकार , कविकार , पत्रकार नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती थियो । कार्यक्रममा हलेशी महादेव मिडीया प्रालीका सञ्चालिका तथा माया घर नेपालकी सचिव एवम सुनसरीकी कृयाशिल महिला सञ्चारकर्मी सुभद्रा प्याकुरेलले हुम्ला जस्तो बिकट ठाउबाट इटहरी आएर ताराले गरेको संघर्ष र प्राप्त गरेको सफलताबारे सबैलाइ सुनाएकि थिइन । साथै आगामी दिनमा मिडिया र सामाजिक दायित्वको रूपमा आफुलगायत टिमले के कस्ता सहयोग गर्नुपर्ने त्यस्कालागि सदैव तत्पर रहेको बताइन ।

   5

कार्यक्रममा वरिस्ठ पत्रकार तथा भाषाबिद कृष्णबिनोद लम्साल, गजलकार जिवी गजल , पर्यटनको क्षेत्रमा कलम चलाउदै आएका पत्रकार बिराट अनुपम , साहित्यकार तथा पुराना पत्रकार सुविद गुरागाइ , लगायत अन्यले बिमोचित भएको गजल संग्रहबाट एक एक टुक्का गजल सुनाएर उक्त पुस्तक र गजलकारको वर्णन गरेका थिए । पुस्तकमा समेटिएका एक एक शब्द बिशेष भएको र वर्णण गरेर साध्य  नभएको भन्दै गजल लेखिका तारा भट्टराइलाइ सुभकामना प्रदान गरेका थिए ।

गजलकि लेखिका हुम्ला घर भएकि हाल इटहरी रहदै आएकि तारा भट्टराइले बिकट ठाउमा बालबिवाह र महिनावारी हुदा छाउपडी प्रथाको बिरोध गर्दै उक्त गजल संग्रह निकालिएको बताइन । गजल संग्रहमा पनि अधिकांस हरफहरू दुख र पिडाका भावहरू खोल्ने शब्द रहेका छन ।

हलेशी मिडिया प्रालिका अध्यक्ष तथा कार्यक्रम सभापती बाबुराम सुवेदीले गजलकार तारा भट्टराइले शिर्जना गरेको गजल पुस्तिमा समेटिएका एक एक बाक्यले मन छुने धारणा राखे । उनले आगामी दिनका गजल लेख्न अझ उत्तसाहित बनाउन सामाजिक क्षेत्र र मिडीयाको तर्फबाट के कस्ता सहकार्यहरू गृन सकिन्छ छलफल गरेर अघि बढने प्रतिवद्धता ब्यक्त गरे ।

3