याङ्गशिला/ सतिसाले क्रियटिभ ग्रुप केराबारी ५ सतिसालेले केराबारी ६का चित्रकार भिम रसाईलीलाई सम्मान गरेको छ। ग्रुपले शुक्रबार केराबारी ५ बिशाल चोकमा एक कार्यक्रमका बीच रसाईलीलाई सम्मान गरेको हो।

“कला, साहित्य, सिर्जनाको सम्मान सतिसाले क्रिएटिभ ग्रुपको अभियान” नाराका साथ सतिसाले क्रिएटिभ ग्रुपले शुक्रबार स्थानीय डाँफे बिशाल सामुदायीक सँस्थाको सभाहलमा “चिया गफमा भीम रसाइली सँग अन्तरङ्ग” कार्यक्रम गरेर रसाईलीलाई सम्मान गरेको हो।

कार्यक्रममा केराबारी ५ मा हालसालै निर्वाचित वडा अध्यक्ष अजय लिम्बुलाई पनि ग्रुपले सम्मान गरेको छ। ममता पराजुलीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमकी सहजकर्ता समिक्षा फान्चु राईले चित्रकार रसाईलीसँग अन्तरङ्ग कुराकानी गरेकी थिईन। IMG_5054

अन्तरङ्गमा चित्रकार रसाईलीले आँफुलाई चित्र कोर्न सानै उमेरदेखि रुचि रहेको बताएका थिए। चित्रकार रसाईलीले ७/८ बर्षदेखि भने आँफुले निरन्तर चित्र कोरिरहेको बताएका थिए। अहिले आँफु बैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा रहेको र बिदामा घर आएको जनाउँदै अव एकपटक बहराईन जाने त्यसपछि आएर चित्रकलामा रुची राख्नेहरुलाई प्रशिक्षण प्रदान गर्ने बताएका थिए। IMG_5012

कार्यक्रममा भोजपुरको हतुवागढीका श्रष्ठा भिम बिरही राईले लाहुरेनी शिर्षकको कविता बाचन गरेका थिए। यस्तै केराबारीका श्रष्ठा नविन थापा क्षत्री लगायतले कविता बाचन गरेका थिए।