सुनसरी/ इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्णबिनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ। उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो।

krishnabinod dai
संयोजक लम्साल

परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय,सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहनुभएको छ। सदस्यहरुमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ।

यसैगरी मोहन तुम्वाहाङ्गको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उपप्रमुख लक्ष्मी गौतमले परिषदले इटहरीको कला,साहित्य र संगीतको विकासका लागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरि इटहरीको साहित्य संगीत र कला क्षेत्रका बिकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गर्नुभयो।

संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सबैपक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले इटहरी नगरका भाषा भाषी र साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने बताउनुभयो। भेलामा सल्लाहकार संयोजक मोहन तुम्बाहाङ्ग, साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, लोकगायक बालकृष्ण कार्कीलगायतका साहित्यकार, कलाकारले बोल्नुभयो।