सुनसरी/ सुनसरीको बराहक्षेत्रमा रहेर सञ्चारक्षेत्रमा भर्खरै पाईला चालेका ब्यक्ति हुन सुबिन विश्वकर्मा। चारबर्षदेखी सञ्चारकर्ममा रहेका सुबिन जातीय बिभेद तथा छुवाछूतको शशक्त बिरोध गर्दछन्।

कुनै समय आफूपनि जातीय बिभेदको शिकार बनेका बिश्वकर्माले छुवाछूत हटाउन तथा समानताको लागि कृयाशिल छन्। जातीय बिभेदका बिरुद्ध सुबिन कृयाशिल छन्।

उनै सुबिनले ‘तिरस्कार’ नाम गरेको लघु चलचित्र लिएर दर्शक माझ आएका छन्। ‘तिरस्कार’ जातीय बिभेद एवं अन्तरजातीय प्रेममा आधारित लघु चलचित्र हो। ‘तिरस्कार’को कथा र निर्देशन सुबिनले नै गरेका छन् । ‘तिरस्कार’मा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको बिश्वकर्मा बताउँछन्। ‘तिरस्कार’ को कथामार्फत केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस भन्ने बिश्वकर्माको चाहना छ।

सुरज राईले निर्माण गरेका हुन् ‘तिरस्कार’ लाई । सुबिनले सुबिन विश्वकर्मा लुते नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका छन। बराहक्षेत्र ७ बांगेबजारमा एमिया ग्रिल, स्टिल एण्ड आल्मुनियम हाउसका सञ्चालक हुन् सुरज राई। राई ब्यवसायमा आवद्द भएपनि संगित र कलामा रुचि राख्छन्।

सदाबहार मिडिया प्रा.लि.को ब्यानरमा तयार भएको ‘तिरस्कार’मा गणेश राउत, मेनुका प्रधान, पल्लवी परियार, मिलन बिश्वकर्मा, अवियोग राई, छबिना मगर, बिक्रम कर्ण, सुरक्षा कार्की, ललिता प्रधान, सुरेश कार्की ढोलीलगायतले अभिनय गरेका छन् भने ‘तिरस्कार’ लाई राकेश राईले खिचेका हुन्।

‘तिरस्कार’ लाई न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, बिनायक कृषि सहकारी संस्था लि, दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक बनको विशेष सहयोग छ।

हेर्नुहोस ‘तिरस्कार’ एकपटक :