मोरङ/ मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले लिएको छ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाको मेची कोशी ब्युरोले मंगलबार साँझ बिज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ।

स्थानीय सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

‘सुराकी’ गरेको आरोप लगाएको नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको बिज्ञप्तिमा उल्लेख छ। stha sirko bare

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोशी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ बिज्ञप्तिमा उल्लेख छ। श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको बिज्ञप्तिमा भनिएको छ।

जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालन गराएको पनि बिज्ञप्तिमा भनिएको छ। यस्तै २०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र बिज्ञान राईलाई गिरफ्तार गराएको भन्दै बिज्ञप्तीमा लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा नसुध्रिएको दाबी गरिएको छ।

सरकारकै कमजोरीका कारण मिक्लाजुङमा प्रअ श्रेष्ठको हत्या भयो : सांसद् साम्बा
मोरङ क्षेत्र नम्बर १का प्रदेश सांसद् कुलप्रसाद साम्बाले सरकारको कमजोरीकै कारण मिक्लाजुङमा प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको बताउनुभएको छ। मोरङको उर्लाबारीबाट सञ्चालित एक एफ एममा बुधबार बिहान कुराकानी गर्दै सांसद् साम्बाले त्यसो भन्नुभएको हो।

सांसद् साम्बाले मोरङ्गको रमितेमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न सबै प्रक्रिया पुर्‍याएर गृह मन्त्रालयसम्म फाईल पुग्दा पनि कार्यान्वयन नहुँदा यस्तो घटना भएको बताउनुभयो। Kul Prasad Samba

मिक्लाजुङ-१को रमितेमा प्रहरी प्रशासनको उपस्थिति नहुँदा यस्ता घटनाहरु हुँदै आएको भन्दै सांसद साम्बाले यसअघि पनि प्रतिबन्धित नेकपाले स्काभेटरमा आगजनी गरेपछि सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न माग गरेर पहल गरेपनि सरकारले त्यसलाई गम्भिरताका साथ नलिँदा यस्तो घटना भएको बताउनुभयो।

उहाँले प्रधानाध्यापक श्रेष्ठको हत्या जघन्य अपराध भएको भन्दै तुरन्तै हत्यारालाई पक्राउ गर्न प्रहरी प्रशासनलाई दबाब दिने बताउनुभयो । सांसद् साम्बा मंगलबार घटनास्थलमा समेत पुग्नुभएको थियो।

यो छुटाउनुभयो कि ?

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ का प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि घाँटी रेटेर हत्या