एजेन्सी / अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसको पहिलो भ्याक्सिनको परीक्षण गरेका छन्। उनीहरुले सिएटलमा पहिलो पटक एउटी महिलामाथि कोरोना खोप परीक्षण गरेका हुन्।

सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन्। चीनमा कोरोना भाइरस पहिचान भएपछि केपीडब्ल्यु अनुसन्धान संस्थानका वैज्ञानिकहरूले यस खोपको विकास गर्न कडा परिश्रम गरेका थिए।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार कोरोनाको पहिलो भ्याक्सिन ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएको हो। उनी एक टेक कम्पनीकी अपरेशन म्यानेजर हुन्। भ्याक्सिन लगाएपछि उनले भनिन्, ‘हामी सबै असहाय महसुस गरिरहेका थियौं, यो मेरो लागि केही गर्ने ठूलो अवसर हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सफलताको लागि आफ्नो देशका चिकित्सकहरूको प्रशंसा गरेका छन्।