नौ / नौ महिना कोखमा राखी
जन्म दिएउ यो धर्तीमा तिमीले मेरी आमा
माया ममता दिई हुर्काएउ बढाएउ
ठूलो बनाएउ तिमिले मेरी आमा ।
 
तिमी नै हो मलाई नौ महिना पेटमा
छ महिना अङगालोमा अनि
जिन्दगी भरी तिम्रो मुटुमा राख्ने
तिमी नै हो मेरी आमा ।
 
तिमीले फेर्ने हरेक सासमा अनि हरेक गाँसमा
मलाई सम्झनछौ तिमिले मेरी आमा
मेरो पीडा सुनाउदा म भन्दा बढि
तिमी दुखी हुन्छौ मेरी आमा ।
 
तिमी नै मेरो भगवान् तिमी नै मेरो प्राण
तिमी नै मेरो सारा संसार अनि
तिमी नै मेरो सथोक हौ
तिमी नै मेरी आमा ।
 
आफ्नो आँसु लुकाइ
आफ्नो पिडा लुकाइ
मलाई खुसी दिने
मेरो आँसु पुछी दिने
तिमी नै हौ मेरी आमा ।
 
तिमिले नै हास्न अनि तिमिले नै बाच्न
सिकाएउ यो स्वार्थी संसारमा
यदि मैले जानेर या नजानेर गल्ती
गरे भने मलाई माफ गर मेरी आमा ।
            -विवेक श्रेष्ठ
               बेलबारी