एजेन्सी/  मानिसले सपना देख्नु सामान्य प्रक्रिया हो । तर डरलाग्दो सपना निममित देखेमा भने स्वास्थ्य परामर्स लिनुपर्छ। आज हामीले सपनामा हुने सेक्सका विषयमा चर्चा गर्दैछौँ । सपनालाई हामीले अवचेतन मनको इच्छा भनेर व्याख्या गर्दछौँ । सपनामा हुने सेक्सलाई पनि अवचेतन मनको इच्छाका रुपमा लिने गरिन्छ ।

हामीले देख्ने सपना विभिन्न प्रकारका हुन्छन् । केही सपना डरलाग्दो हुन्छन् भने केही राम्रो अनुभूति दिनेखालका। वास्तविक जीवनमा सेक्सको उजागर गर्न नसक्ने व्यक्तिले सपनामै त्यसको आनन्द लिन्छ। आफुसँगै कार्यरत सहकर्मी, अपरिचित व्यक्ति, संगै पढ्ने गरेका साथी वा आफन्तसँग पनि यौन सम्पर्क गरेको सपनामा देख्ने र सन्तुष्टि लिनेहरु हुन्छन्।

विभिन्न प्रकारका अध्ययनअनुसार मस्तिष्कले शारीरिक सम्पर्कको आवश्यकताका बारेमा सपना मार्फत व्यक्तिलाई निर्देशन दिएका कारण यस्तो हुन्छ । मस्तिष्कले शारीरिक आवश्यकता पूर्ति नगभएको संकेत गरेको बुझ्नु पर्नेमा चिकित्सकले जोड दिएका छन् ।

सपनामा सेक्स गरेको सपना देख्दा धेरैजसो तपाईं आकर्षित भएको विपरित लिंगीसँग यौन सम्बन्ध राखेको देख्नु हुन्छ । यो अन्तरमनको इच्छालाई व्यक्त गर्ने माध्यमका रुपमा लिनुपर्छ तर सपनामा जोसँग शारीरिक सम्बन्ध कायम गर्नुहुन्छ, त्यो व्यक्तिसँग वास्तविक जीवनमा भने कहिले काहीँ आकर्षित नहुन पनि सकिन्छ ।

नियमित जसो सपनामा सेक्स गरेको अनुभूति गर्नु भएको छ भने तत्काल चिकित्सकसँग परामर्स गर्नुपर्छ। कतिपय अवस्थामा आफ्नो साथीलाई यो विषय भन्नु भयो भने पनि सपनामा सेक्स कमहुन्छ । तर केहीले भने सपनाकै सेक्सको अपेक्षा गर्छन्।