इटहरी / महिलाका लागि महिनावारी निकै पीडादायी समय हो। अपवाद बाहेक लगभग सबै महिला महिनावारीको पीडाबाट पीडित हुन्छन्।

यो बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ। यसकारण महिनावारीका बेला खानपानसहित धेरै कुरामा सावधानी अपनाउनु पर्छ। त्यसमध्ये यी पाँच काम महिनावारीका बेला नगर्न चिकित्सहरूको सल्लाह छ।

१. यौन सम्बन्ध : महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन। किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ। साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ।

महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भवती होइदैँन भन्ने सोचाई पनि छ। तर, त्यो गलत हो। सो समयमा पनि गभर्वती हुने सम्भावना प्रबल हुन्छ। साथै संक्रमणबाट जोगिन पनि महिनावारीको बेला यौन सम्बन्धबाट टाँढै रहनु पर्छ।

२. भोकको बेवास्ता : महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ। महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय पोषणयुक्त खाना खानुपर्छ।

३. कडा शारीरिक श्रम : कमहिनावारीको समय पेट दुख्दा पीडा हुने वा पिठ्यू बाउँडिने जस्तो गरी दुख्न सक्छ। त्यसैले महिनावारीको समय शारीरिक श्रम गर्नबाट बँच्नु राम्रो हो।

४. प्याडको प्रयोगमा लापरर्वाही : महिनावारीका बेला हरेक तीन घन्टामा प्याड परिवर्तन गर्ने गरौं। यदि कपडा प्रयोग गर्ने हो भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ। सो कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ। यसले संक्रमणबाट जोगाउँछ। साथै दुर्गन्धबाट पनि टाढा राख्छ।

५. कसिलो कपडा : महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन। यो बेला सकेसम्म सुतीको र हलुका लुगा कपडा लगाउनु पर्छ। किनकी आरामदायी कपडाले चिड्चिडापन हुँदैन। एजेन्सीको सहयोगमा