झापा / झापाको दमक नगरपालिका १ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापा को २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर ज्यान गएको छ।

सोमबार दिउँसो साढे ४ बजे पोखरीमा पानीमा डुबी रहेको अवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ।