काठमाण्डाै / नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन्। १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते। उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए। नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते।

जारी सागमा नेपालले एथ्लेटिक्समा दाेस्राे स्वर्ण जितेकाे हाे। यसअघि सन्ताेषी श्रेष्ठले महिला १० हजार मिटर दाैडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। याेसँगै जारी सागमा नेपालले स्वर्ण पदककाे संख्या ३७ पुर्‍याएकाे छ।