एजेन्सी / अनावश्यक रूपमा दाह्री वा जुँगा पलाउने समस्याबाट धेरै महिला पीडित भइरहेका हुन्छन्।

यसले महिलाको सौन्दर्यमा नै असर पुर्‍याइरहेको हुन्छ। चिकित्सकका अनुसार अधिकांश महिलामा हर्मोनको कारणले शरीरमा रौँ पलाउँछन्। कतिपय अवस्थामा महिलामा पुरुषको जस्तै दाह्री–जुँगा आउने र छाती र यौनांगमा समेत अनावश्यक रौँ पलाउने हुन्छ।

कारण – महिलामा विभिन्न कारणले गर्दा अनुहारमा रौँ पलाउने गर्छ। जसमा स्वास्थ्यमा आउने गडबडी मुख्य हो। खासगरी महिलाको शरीरमा रहेको टेस्टोरोन हर्मोनका कारण यस्तो समस्या देखापर्छ। त्यस्तै, विनाकारण हुने इडियोपार्थिकले पनि महिलामा दाह्री–जुँगा देखिन्छ। पोलिस्टिक सिन्ड्रोमका कारण पनि कपाल बढी पलाउने गर्छ। त्यस्तै, डिम्बाशयमा हुने कुनै ट्युमरका कारण शरीरको विभिन्न भागमा अनावश्यक रौँ पलाउने गर्छ ।

त्यस्तै, पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्मोन गडबड हुने भएकाले रौँ देखापर्छ। यसबाहेक छालासम्बन्धी रोग र थाइराइडमा समस्या हुने व्यक्तिमा अनावश्यक कपाल पलाउने सम्भावना बढी रहन्छ। कतिपय महिलामा भने वंशाणुुगत गुणका कारणसमेत दाह्री–जुँगा पलाउने गर्छ। त्यस्तै, हर्मोन परिवर्तन गर्ने औषधिको जथाभावी प्रयोगका कारणसमेत अनावश्यक रौँ देखापर्छन्।

समाधान – अनुहारमा आउने अनावश्यक रौँ हटाउन अस्थायी र स्थायी दुईटा तरिका अपनाउन सकिन्छ। अस्थायी रूपमा थे्रडिङ, कपडामा चिनी लगाएर निकाल्ने घरेलु उपाय, एपोलिङ र वासिङजस्ता विभिन्न तरिका अपनाउन सकिन्छ। यस्तै, बजारमा पाइने कपाल हटाउने क्रिमको प्रयोगबाट पनि अस्थायी रूपमा समस्या समाधान गर्न सकिन्छ। चिकित्सकीय विधिद्वारा लेजर गरेर कपाल स्थायी रूपमै हटाउन पनि मिल्छ। नयाँ पत्रिकाबाट (डा. सविना भट्टराई, प्राध्यापक/छालारोग विशेषज्ञ, काठमाण्डौ मेडिकल कलेज)