काठमाण्डाै / अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेलअगाडि चार खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ। बर्खास्तीमा पर्नेहरुमा विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रहेका छन्।

उनीहरु शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई कारबाहीस्वरुप टिमबाट बर्खास्त गरेको हो।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ। कारबाहीमा परेका चार खेलाडीले भने भुटानको यात्रा गर्ने छैनन्। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ।