काठमाण्डौ/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले त्यसो भन्नुभएको हो।

महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका बिषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गर्नुभएको हो।

महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अव अनुसन्धानमा ढिलाई नगर्न नहुने बताउनुभयो। उहाँले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताउनुभयो।

-न्युज कारखाना