इटहरी/ इटहरी २मा गत शनिबार गठन भएको संगित प्रतिष्ठान टोल बिकास सँस्थाका पदाधिकारीहरुलाई सपथग्रहण गराईएको छ। शनिबार(आज) एक कार्यक्रमका बीच पदाधिकारीहरुलाई सपथग्रहण गराईएको हो।

इटहरी २का वडाध्यक्ष माधव कोईरालाले पदाधिकारीहरुलाई सपथग्रहण गराउनुभएको हो। यस्तै आजै पदाधिकारीहरुलाई प्रमाण पत्र पनि बितरण गरिएको छ। पदाधिकारीहरुलाई कोसी प्रदेशका सांसद रोहित कार्कीले प्रमाण पत्र प्रदान गर्नुभएको हो।

सपथग्रहण पछि पूर्वीखबरलाई प्रतिकृया दिँदै टोल बिकास सँस्थाका अध्यक्ष बिकास भण्डारीले आँफुलाई सबैजनाले बिकास भन्दै गरेको र एकार लाउने अवस्था आउन नदिने अनि बिकासेले टोलबिकासका लागि केहि गरेन भन्ने नबनाउने भन्दै टोलबिकासको बिकासका लागि लागिपर्ने प्रतिबद्दता जनाउनुभएको छ।

संगित साधनका प्रतिष्ठान इटहरीमा भएको कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि एवं टोलबासीहरुको सहभागिता थियो।

गत शनिबार संगित प्रतिष्ठान टोलबासीहरुको भेलाले बिकास भण्डारीको अध्यक्षतामा ९सदस्यीय संगित प्रतिष्ठान टोल बिकास सँस्था गठन गरिएको थियो।

यस्तै टोल बिकास सँस्थाको उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिवमा बालकुमार बिष्ट, कोषाध्यक्षमा आनन्दकला राई अनि सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की चुनिएका छन्।