नेपाल शिक्षक महासंघ  बराहक्षेत्रको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ । असार १५ गते शुक्रबार महेन्द्र माध्यमिक विद्यालय, चक्रघट्टीमा अधिवेशन सम्पन्न भएको हो । पहिलो अधिवेशनले २२ सदस्य समिति चयन गरेको छ । जसको अध्यक्षमा सरस्वती माध्यमिक विद्यालय बराहक्षेत्र-९ का प्रधानाध्यापक इन्द्र बहादुर बस्नेत, सह-अध्यक्षमा बिदुर भट्टराई, महिला उपाध्यक्षमा कविता भण्डारी , उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा राजेन्द्र बस्नेत, सह-सचिवमा बिशाल राई, महिला सह-सचिवमा पबित्रा श्रेष्ठ, अर्थ सह-सचिवमा रोशनी धामी सहित अन्य १४ जना सदस्य चयन हुनु भएको छ ।

357669528_794168449052769_6289943223719013691_n

कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ सुनसरी अधिवेशन संयोजक भुमिका देवी मगर, बराहक्षेत्र संयोजक प्रभु नारायण चौधरी, नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश उपाध्यक्ष सत्य नारायण मेहता, सुनसरी जिल्ला अध्यक्ष चुडामणी खनाल, नेपाल शिक्षक संघ सुनसरी जिल्ला सचिब रोबन राज कार्की , बराहक्षेत्र शिक्षा समिति सदस्य बालकृष्ण अधिकारी लगायतका अतिथिहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । अतिथिहरुले शिक्षकको हक हित, शैक्षिक सुधार गर्नको लागि नेतृत्वदायी भूमिका खेल्नको लागि नयाँ समितिलाई आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल शिक्षक संघ बराहक्षेत्र नगर अध्यक्ष कृष्ण प्रसाद गुरागाई( गोकुल) ले सम्पुर्ण पेशागत हकहित र संरक्षणको लागि सम्पुर्ण शिक्षकहरु एक हुनु पर्छ भन्ने हेतुका साथ नेपाल शिक्षक संघ स्थापना भएको समेत बताउनु भएको छ ।

357657396_294032033038939_7352415846933052889_n

कार्यक्रम बोल्दै नव अध्यक्ष बस्नेतले आफ्नो प्रतिबद्धता सहितको मन्तव्यमा शिक्षकको हक हितका लागी आफूले कुनै कसुर नराखी अगाडि बढ्ने र सबै शैक्षिक घटकहरुको राय सल्लाह बमोजिम नै कार्यहरु सम्पन्न गर्ने बताएका छन्  । अध्यक्ष बस्नेत नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्व गर्दै शिक्षक महासंघमा प्रवेश गरेका हुन् ।

357479338_236523862502187_872180549470440054_n