भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ १०, २०७९

बिराटनगर/ भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन्। भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारदेखि नोबेलमा सेवा शुरु गरेका हुन्।

जोनाथानलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ। प्रा.डा.एडमण्डब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएकोलगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन्। प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली बिरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले बताउनुभयो।

नोबेलमा बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले, डा.प्रमोद चौधरीलगायत न्यूरो सर्जनहरु पनि कार्यरत छन्। प्रा.डा.जोनाथानको प्रवेशले नोबेलमा न्यूरो सर्जनको टिम थप मजवुत भएको छ। बिश्वमै जटिल एवं दुर्लभ मानिने शल्यक्रियाहरु पनि सफलतापूर्वक गरेर नोबेल अस्पताल न्यूरो सर्जरी सेवामा अब्बल सावित छ। नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मालगायत देशका बिरामी पनि शल्यक्रियाका लागि आउने गरेका छन्। Doctor-Welcome-Photo

नोबेलले दुई अर्ब २० करोडको लगानी गरेर २०७३ सालदेखि दक्षिणपूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा शुरु गरेको हो। नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनलएमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोपलगायत अत्याधुनिक उपकरण छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ। नोबेलमा न्यूरो सर्जरी सम्बन्धि पीएचडी लेबलको ‘एमसीएच न्यूरोसर्जरी’ पढाई पनि हुने गरेको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2022 - Purbikhabar.com All rights reserved