काठमाण्डौ/ प्रतिनिधिसभा पुनःस्थापित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविब्य सकियो भन्दै कुर्लनेहरु केही दिनयता तनावमा छन्। उनीहरु ओली त झनै शक्तिशाली भए भन्दै आफ्नोमनको बह पोखिरहेका छन्।

स्वयं माधवकुमार नेपाल पुष्पकमल दाहालतिरलाग्दा म त बर्वाद भएँ भन्ने अवस्थामा पुग्नुभएको छ भने अहिले राजनीतिको केन्द्रीय चर्चामा हुनुहुन्छ, प्रधानमन्त्री केपी शर्मा ओली भनेर जनता टाईम्समा समाचार छ।

साबिक नेकपा अध्यक्ष हुँदा उहाँबिरुद्ध दलका नेताहरुले मोर्चाबन्दी गरे। पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेरै लागे। तर, ओली कहिल्यै पछि हट्नुभएन। झन्डै दुई तिहाइको सरकारलाई पार्टीभित्रैबाट शुरुदेखि नै असहयोग शुरु भयो। प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले स्वविवेकले काम गर्ने वातावरण क्रमशः गुम्यो। थिति र पद्धतिका नाममा उहाँका हात–खुट्टा बाँध्न नेता उद्यत भए। राजनीतिकभन्दा पद र भागबन्डाका मागमा सो दलभित्र रडाको शुरु भयो। त्यो झाँगिँदै गयो। शेयर बजारझैं ओलीको पद–जोखिम कहिले ह्वात्तै माथि पुग्थ्यो, कहिले स्वाट्टै तल झथ्र्यो।

पुष्पकमल दाहाल तीन दशकभन्दा लामो समयदेखि माओवादी नेतृत्वमा हुनुुहुन्थ्यो। नेपालले १५बर्षभन्दा बढी एमालेको नेतृत्व हाँक्नुभएको थियो। ओली एमालेका निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। उहाँलाई कार्यकाल पूरा नभई बलपूर्वक गलहत्याएर आफू बन्न दाहाल प्रयासरत हुनुभयो।

उहाँको आँखा प्रधानमन्त्रीतिर पनि थियो। पछि–पछि दोश्र्रो अध्यक्षको लोभमा माधव नेपालले साथ दिनुभयो। पार्टी बिभाजनपछि त्यसको चित्र प्रस्टै देखियो। हतारिएर आफ्नो खेमाबाट सडकबाटै नेपाल दोश्रो अध्यक्ष र दाहालले संसदीय दलको नेता बनेको घोषणा गर्नुभयो।

ओली त्यसबाट कहिल्यै बिचलित बन्नुभएन। संकटमा पर्दै, जोगाउँदै जोगिँदै ओलीले पुष ५ सम्म थेग्नुभयो। आफूमाथि अबिश्वास प्रस्ताव र राष्ट्रपतिबिरुद्ध महाभियोग दर्ता हुन लागेको जव थाहा पाउनुभयो, त्यसदिन प्रतिनिधिसभा बिघटनको सिफारिस गर्नुभयो। त्यसलाई पछि सर्वोच्च अदालतले खारेज गरिदियो।

त्यसपछि धेरैले आँकलन गरे— ओलीको भविष्य अब भने सकियो। तर, संसदमा अबिश्वास प्रस्ताव सामना गर्न ओली हिम्मतसाथ उभिनुभयो। अबिश्वास प्रस्ताव लान सजिलो थिएन। कारण–बहुमतप्राप्त दलका संसदीय दलका नेता उहाँ आफै हुनुहुन्थ्यो। त्यसका लागि पहिला नेता बदल्नुपथ्र्यो। दाहाल–नेपालसँग झन्डै बराबर सांसद संख्या रहेका ओलीबिरुद्ध संसदीय दलमा अबिश्वास लान पनि पार्टी नेताहरूले हिम्मत गरेनन्।

साबिक नेकपाभित्र पदको लडाइँ चुचुरोमा पुगेकै बेला आइतबार सर्बोच्चले पुरानो अर्को मुद्दाको टुंगो लगायो, जसले राजनीतिको बाटो नै बदल्यो। ओली–दाहालले नेतृत्व गर्ने गरी एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नाम ऋषिराम कट्टेलले पाउनुभयो। अदालतले एमाले र माओवादीलाई साबिककै छुट्टाछुट्टै दलमा फर्काइदियो।

ओलीबिरुद्ध दाहालसँग गठबन्धनमा जोडिएका बरिष्ठ नेता माधवकुमार नेपाल भोलिपल्टै एमालेमा फर्किन बाध्य हुनुपर्यो। ओलीतर्फ भने रामबहादुर थापासहित आधा दर्जनभन्दा बढी माओवादी नेताहरु उभिनुभयो। यो पनि ओलीका लागि थप शक्तिको बिषय हो। ओलीको सही नीति र नेतृत्वलाई साथ दिएको भन्दै रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायतका नेकपा बिभाजनको बेला ओलीलाई साथ दिएका नेताहरु माओबादीतिर नजाने घोषणासहित बस्नुभयो। माओवादीतर्फका यी नेता ओलीको साथमा दह्रो रुपमा खडा भएपछि ओली झनै शक्तिशाली बन्नुभयो।

केपी शर्मा ओलीका ठाउँमा अरु कोही थियो भने सम्भवत : निकै पहिल्यै प्रधानमन्त्री बिशेषण गुमाईसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरुको कुण्ठा, घेराबन्दी र सरकारबिरुद्ध असहयोगसँग उहाँ डटेर लड्नुभयो। ढलेँ–ढलेँ हुन लाग्दालाग्दै पछिल्लो समय प्रधानमन्त्री ओली झन् शक्तिशाली बनेर उभिन सफल हुनुभएको छ। त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उहाँले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गर्नुभयो। त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ। ओलीलाई सिध्याउन खोज्दा उहाँ झनै बलियो बन्नुभएको छ।