इटहरी/ आधुनिक प्रविधीको जमानाका कारण अहिले नेपाली सङ्गीतको क्षेत्र पनि व्यापक र व्यवसायिक बनिरहेको छ। सङ्गीतमै आफुलाई व्यवसायीकरण गर्ने भविष्यको सपना बोकेर बर्षैपिच्छे हजारौँ युवा काठमाण्डौका सङ्गीत कलेज र पाठशालाहरुमा भर्ना भईरहेका हुन्छन।

यस्तै सपना बोकेर २०६२ सालमा एसएलसी दिएर आफ्ना काकासँगै काठमाण्डौँ छिरेका थिए महोत्तरीको बर्दिबासका नवजवान सुनिल कटवाल। चर्चित गीतहरु ताराबाजी लै लै, कपुरी क मेरो दिलैमा छ जस्ता गीतहरु गाएर राम्रै चर्चा कमाइसकेका सुनिल सामान्य कृषक परिवारमा हुर्केका हुन्। 2

गाँउकै लक्ष्मी नारायन मा.वि.मा बिद्यालय शिक्षा पूरा गरेका सुनिलको बुबा आमाको सपना पनि छोराले एसएलसी पछि राम्रो पढेर जागिर खाइदियोस भन्ने नै थियो तर सुनिल काठमाण्डौँ छिरेपछि बेलुकीको समयमा कलेज जाने र बिहान घरका मान्छेलाई कलेज जान्छु भनेर सङ्गित सिक्न गुरु सन्तलाल गौतमसँग जमलमा रहेको एसियन हिमालयन म्युजिक पाठशाला जान्थे।

सानै देखि गीत गाउन सौखिन कटवालले साथीहरुको अनुरोधमा २०६० सालमा गाउँमा हुने एउटा साँस्कृतिक कार्यक्रममा स्वरुपराज आचार्यको “धेरै माया दिँदा रैछन मुटु जोडेर जानेहरु” बोलको गीत गाएका थिए। जीवनको पहिलो स्टेज प्रस्तुती दिएका उनलाई त्यसपछि बिनोद श्रेष्ठ, ललित श्रेष्ठ, सुमन मगर जस्ता अग्रज साथीहरुले संगीतमै थप प्रगती गर्न प्रेरणा दिइरहे। one

त्यसपछि सोहि बेला आफु संगितमै केही गर्छु भनेर अठोट लिएको कटवाल आजपनि सम्झन्छन्। काठमाण्डौँको जीवन एउटा सामान्य गाँउले टिठोलाई संघर्ष गर्नुपर्दा कति सम्म गाह्रो छ भन्ने अनुभव उनमा राम्रै छ। आफ्ना कयौँ व्यक्तिगत रहरहरु अभावमा त्यसै रहरमै सिमित भएको, दिनहुँको कलेज, संगित पाठशाला ओहोरदोहोर गर्दा गाडी भाडा र खाजा खाने पैसा नभएको पल उनि सम्झन्छन्।

एकदिन सहनै नसक्ने गरिको भोक लागेर लैनचौरको सडक छेउको एउटा होटलमा छिरेको अनि गोजीमा दस रुपैयाँ मात्र बोकेकोले मम पसलेलाई ममको दाम सोध्छन। साहुजीले प्रतिप्लेट २०भनेपछि हाफ अडर गर्दा हाफ नबेच्ने भनेर साहुजीले जवाफ दिएको र त्यसै फर्किएको पल उनको स्मृतीमा आज पनि ताजै छ। 3

गीत रेकर्ड र अष्ट्रेलिया बसाई :
उनले हालसम्म दुई दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेका छन्। त्यसमध्येमा ताराबाजी लै लै, कपुरी क मेरो दिलैमा छ जस्ता अरु केही गीतहरुले युट्युबमा नेपाली ट्रेन्डिङ्गमा पाँचौ स्थान सम्म ओगटेका थिए। चारबर्ष अगाडी अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनी अहिले नेपाल फर्किएका छन्।

अष्ट्रेलियामा अध्ययन र पार्ट टाइम जवका वावजुद पनि उनी आफै संगीत अभ्यासलाई निरन्तरता दिईरहेका थिए। संगीत आफ्नो आत्मा भएको कारण संगीत बिना बाँच्न उनी असम्भव ठान्छन अष्ट्रेलिया त के उनी अर्कै ब्रह्माण्डमा पुगेपनि संगीत छाड्न नसक्ने बताउँछन। katawal

नेपाल रहँदा चारवटा गीत रेकर्डिङ्गको करिब करिब अन्तिम चरणमा उनी छन्। उनका ती गीतहरु मध्ये दुईटा प्रेमभाव र दुईवटा मनोरञ्जनात्मक गीतहरु छन्। संगीतकार प्रेम घिमिरे र भिम बिसीको संगीत रहने गीतहरुमा एउटा गीतमा मेलिना राईको पनि आवाज रहनेछ।

लकडाउन नभएको भए एक महिना मात्र नेपाल बस्ने ठानेका उनी लकडाउनले गीत रेकर्डिङ्ग र म्युजिक भिडियो बनाउने काममा साईत जुराई दिएको ठान्छन्। पछिल्लो गीत रेकर्डिङमा हालै नेपाल आइडल सेकेन्ड रनरअप बनेका किरण भुजेलको साथ सहयोग रहेको पनि उनी थप्छन। यसपछि पनि उनी निरन्तर सङ्गीतमै रहेर नेपाली सङ्गीत क्षेत्रको विकास र स्त्तरोन्नतीमा लागि रहने सोचमा छन्।

(गायक कटवालसँगको टेलीफोन सम्बादमा आधारित)

तपाँईको स्मरणको लागि कटवालले गाएको यो गित :