इटहरी/ समुदायसम्म फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सुनसरी जिल्ला प्रशासनले तोकेको निषेधित क्षेत्रको समयावधी श्रावण ३२ गतेसम्म लम्ब्याएको छ। समुदायस्तरमा कोरोना फैलिएपछि उच्च सतर्कता अपनाउदै जिल्ला प्रसाशन कार्यालय सुनसरीले दोश्रो चरणको समयावधि साउन ३२ गते सम्म लम्ब्याएको हो।

नजिकैका स्थानीय तहहरुमा संक्रमणको संख्या दिनानुदिन बढ्दै गएकोले थप सतर्कता अपनाउन सुनसरी प्रशासनले श्रावण २० गते सुरक्षा संयन्त्रको बैठक बसेर साउन २६ गते सम्म सुनसरी जिल्लालाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

आइतबार बसेको बैठकले समयावधि थप गर्दै सुनसरी जिल्लालाई साउन २६ गते राती १२ बजेबाट लागु हुने गरी ३२ गते सम्म पुनःनिषेधित क्षेत्र घोषणा गरेको हो। बैठकले सुनसरीसँग जोडिएको सिमानामा थप कडाइ गर्ने निर्णय गर्दै नियमित लाग्ने हाट बजार, औषधी पसलहरुबाहेक सबै प्रकारको व्यापार व्यवसायहरू बन्द गर्न अनुरोध गरेको छ। उद्योग कलकारखानाहरूको हकमा भने सतर्कता अपनाएर काम गर्न अनुरोध गरेको छ।

त्यस्तै अति आवशयकीय सवारी साधनहरु एम्बुलेन्स, बारुण यन्त्र, प्रेस, दुध तथा ढुवानी, कुटनितिक निकाय बाहेकका अन्य सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ। 117589130-322865029095321-853834115901199272-n