इटहरी / हिसान सुनसरीको स्पोर्टस मिटमा अन्तर्गत क्रिकेटको उपाधी कस्तुरी कलेजले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा इटहरीकै बिश्वआदर्श कलेजलाई ९ रनले पराजित गर्दै कस्तुरी कलेजले उपाधी जितेको हो।

इटहरी ९ स्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिड गरेको कस्तुरी कलेजले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय ३५ रनको योगफल खडा गरेको थियो। कस्तुरी कलेजका लागि म्यानअफ द फाइनल रोशन चौधरीले ७० रनको योगदान गरे। बलिड तर्फ बिश्वआदर्शका श्रेयन बास्तोलाले ६ विकेट लिए।

जवाफमा १ सय ३६ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको बिश्वआदर्श कलेज १८ दशमलव ३ ओभरमा १ सय २५ रनमा अलआउट भएपछी कस्तुरी कलेज बिजयी भएको हो। बिश्वआदर्श कलेजका लागि सबिन दाहालले ४२ रन जोडे। बलिडतर्फ कस्तुरी कलेजका परिवर्तन केसीले ४ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी कस्तुरी कलेजका परिवर्तन केसी, बेष्ट बलर मौषम बस्नेत र बेष्ट ब्यास्टमेन कस्तुरीकै रोशन चौधरी घोषित भए।

IMG_7882 शुक्रबार क्रिकेटको फाइनल सम्पन्न भएसंगै स्पोर्ट मिटमा भलिबल(छात्र/छात्रा), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र/छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भैसकेका छन। शनिबार फूटबलको फाइनल खेल र नृत्य प्रतियोगिता सम्पन्न हुने बताइएको छ। सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ।

शनिबार विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ। समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिनुभयो।