एजेन्सी / तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकारात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ। पुरुषहरू केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरूको शुक्रकीट उत्पादनमा नकारात्मक असर पारिरहेको हुन्छ।

सुतेर टिभी हेर्ने बानी : यदि तपाईं सुतेर टिभी हेर्नुहुन्छ भने त्यस्तो बानीलाई आजैबाट त्याग्नुहोस्। यस्तो बानीले शरीरको मोटोपनलाई बढाउँछ र शुक्रकीटको उत्पादनमा ह्रास ल्याउँछ। अनुसन्धानहरू टिभी हेर्नुको सट्टा नियमित कसरत गर्ने पुरुषको यौन क्षमता धेरै हुने बताउँछन्।

सन्सक्रिमको प्रयोग : घामबाट बच्न तपाई सन्सक्रिमको प्रयोग गर्नुहुन्छ भने त्यसले तपाईँको छालालाई त सुरक्षित राख्छ तर त्यसले तपाईंको पुरुषत्वमा हानी पुर्‍याइरहेको हुन्छ। अनुसन्धानका अनुसार छालालाई घामबाट बचाउन सन्सक्रिममा प्रयोग हुने रासाइन तत्त्व पुरुष हर्मोनका लागि खतरनाक साबित हुन्छन्। त्यसको प्रयोगले ३० प्रतिशतसम्म पुरुषको शुक्रकीट उत्पादन घटाउँछ।

तातो पानीले नुहाउने बानी : तातो पानीले नुहाउनाले पनि पुरुषत्वमा गहिरो असर पर्ने बताइन्छ। तातो पानीले टेस्टिकल्सको तापमान बढाउँछ। यसले शुक्रकीट उत्पादन घटाउनुका साथै त्यसको गुणस्तर पनि घटाउने बताइन्छ। शुक्रकीटको अवस्थालाई ठिक राख्न नियमित रूपमा यौन सम्बन्ध राख्न आवश्यक हुन्छ। धेरै समयसम्म यस्तो सम्बन्ध नराखिएमा शुक्रकीटले आफ्नो आकार बदल्ने र कमजोर हुने बताइएको छ।

कसिलो अन्डरवेयरको प्रयोग : धेरै कसिलो अन्डरवेयर लगाउनाले टेस्टिकल्सको तापमान बढाउँछ जसले शुक्रकीटको उत्पादन घटाउँछ। यसका लागि ब्रीफको सट्टा बक्सरहरु लगाउँदा राम्रो हुन्छ। घरमा बसेको समयमा पुरुषहरूले हल्का र आरामदायक कपडाहरू लगाउँदा फाइदाजनक हुन्छ।